काठमाडौं, २६ साउन
आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।
दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ ।
शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भूभागमा एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार