काठमाडौं, साउन १९-
सरकारले मंसिर ४ गते हुने चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।
सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुने केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ ।
म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्नेछ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








