चितवन, साउन १८-
नारायणगढको गंगोत्री मार्गमा रहेको शुभरात्री गेष्ट हाउसको तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार मंगलबार राति आठ बजेर ३५ मिनेट जादा तीन तला माथिबाट खसेका वीरगञ्ज महानगरपालिका–१ का ४१ वर्षीय कमलेश कुमार साह कानुको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीको अनुसार गेष्ट हाउसमा रुम नं. १४ मा बसेका उनी तीन तलामाथिबाट खसेको भन्ने जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटी गई घाइते कानुलाई उपचारको लागि भरतुर अस्पताल पठाएकोमा उपचारको क्रममा राति सरकारी अस्पतालमा मृत्यु भएको हो ।