चितवन, असार १४ –
चितवनका विभिन्न स्थानमा भोलि बिहान विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख एवम् इन्जिनियर राजिव सिंहले भरतपुर ६ लेन सडक विस्तारका क्रममा पोल सार्नका लागि विद्युत अवरुद्ध गर्न लागिएको बताए । मिलचोकमा रहेको ३३ केभी पोलहरु सार्न लागिएको हो । जसले गर्दा भोलि बिहान माडी, चनौली र पर्सा क्षेत्रमा विद्युत जानेछ । त्यस्तै भरतपुर सवस्टेशनको ११ के भि औद्योगिक १ र भरतपुर २ पनि २ घण्टाको लागि अवरुद्ध हुने छ।
उनका अनुसार भोलि बिहान ७ देखि करीब १० बजेसम्म विद्युत अवरुद्ध हुनेछ । काम सकिएको खण्डमा सो समयभन्दा अगाडि पनि विद्युत आउन सक्ने उनले बताए ।
हेर्नुहोस्, प्राधिकरणको सूचना :
भरतपुर ६ लेन बाटाेको मिलन चोकमा रहेको चनौली ३३ के भि को पोल बाटो बिस्तार कार्यको लागि सार्नु पर्ने भएकाले मिति २०७९/०४/१५ गते आइतबारको दिन बिहान ७ बजेदेखी १० बजे सम्म चनौली तथा पर्सा ३३ के भि लाइन सटडाउन हुने भएकाले ३३/११ के.भि चनौली,पर्सा र माडी सव-स्टेशनबाट बितरित सम्पुर्ण लाइन अवरुद्ध हुने ब्यहोरा जानकारिको लागि अनुरोध छ। यसबाट पर्न जाने असुबिधाप्रती ने बि प्रा, चितवन क्षमाप्रार्थी छौ।
नोट: निर्धारित समय अघि काम सकिएको खण्डमा लाइन सुचारु हुन सक्ने छ।
११ के भि औद्योगिक १ र भरतपुर २ पनि २घण्टा को लागि अवरुद्ध हुने व्यहोरा समेत अनुरोध छ।