Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

उन्यूका डाक्टरले पत्ता लगाए क्यान्सरको औषधि

रमेश लम्साल
काठमाडौँ, साउन –
भक्तपुर सूर्यविनायक –१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चहारेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणबारेमा जानकारी थियो ।

धेरै मानिसको नजर नपरेको बिरुवा खोज्दै हिँड्नेक्रम पनि जारी थियो । सुरुमा उहाँलाई सिस्नोले तानेको थियो । पोल्ने सिस्नोसँग मितेरी साइनो गाँसेर त्यसका बारेमा पत्ता लगाउने सुरुवाती प्रयास तथ्यहरुको खोजी गर्दैजाँदा अगाडि नबढ्ने सङ्केत मिल्यो ।

गुरुहरुले दिएको सुझावलाई आत्मसात् गर्दैजाँदा सिस्नोसँग मितेरी साइनो लगाउने प्रयास खण्डित भयो । त्यसपछि उहाँको दिमागमा आफूसँगै हुर्केको बकाइनोको रुखको याद आयो । “मैले सानैदेखि मेरो घर नजिकै मसँगै हुर्केको बकाइनोसँग मित्रता गाँस्ने निधो गरेँ । मलाई त्यसको फलका बारेमा थाहा थियो । त्यो फुल्ने याम पनि मैले देखेको थिएँ । मेरा घरमा बाख्राले तिनका पात खान्थेँ” श्रेष्ठले भन्नुभयो ।

नेपाली समाजमा प्रचलित लोकोक्ति छ ‘ढुङ्गा टुसाउँदैन, उन्यू फूल्दैन ।’ कुनै पनि काम नलाग्ने भनेर उन्यूका हकमा यस्तो भनिएको होला तर सोही उन्यू प्रजातिमा पर्ने कालो निउरो आफैँमा जीवनदायी औषधिका रुपमा रहेको अध्ययनबाट पत्ता लागेको छ ।
बाथरोगदेखि सेतो दुबीसम्म निको पार्ने औषधीय गुण बकाइनोमा हुन्छ भन्ने सुनेका श्रेष्ठले बुझ्दै जाँदा बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरासमेत निको भएको पत्ता लाग्यो । “नेपालको वन जङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुण बोकेको बकाइनोका बारेमा अध्ययन गर्ने निष्कर्षमा पुगेँ”, उहाँले भन्नुभयो, “तर त्यसले मात्रै मेरो अध्ययनको दायरा पुग्दैनथ्यो । त्यसपछि मैले बकाइनोसँगै कालो निउरो र अल्लोलाई पनि एक आपसमा जोडेर खोजबिन गर्ने निष्कर्ष निकालेँ ।”

विशेषतः पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो बकाइनो । वनस्पतिको आनुवांशिक अध्ययन गर्ने विषय आफैँमा सजिलो काम होइन । तर श्यामशरणले त्यही गाह्रो काम रोज्नुभयो । उमेरले साढे तीन दशक पुग्दा नै नामको अगाडि डाक्टर लेखाउने धोको थियो सायद । तर गर्दै भन्दै जाँदा त्यो धोको पूरा हुन चार दशक लाग्न गयो । सन् २०१६ देखि नै विद्यावारिधिको अध्ययन सुरु गर्ने सोच थियो, उहाँको । गोरखा भूकम्प, पारिवारिक दायित्वले थिच्यो, उहाँलाई । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै श्यामशरणले सन् २०१७ देखि अल्लो, कालो निउरो र बकाइनोको रेशा केलाउने अध्ययन सुरु गर्नुभयो ।

मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको वनस्पति विभाग हो । वन मन्त्रालयको वनस्पति विभाग अनि वनजङ्गल उहाँका अध्ययन क्षेत्र थिए । अनेकन अनुमति, अनेकन प्रक्रिया अनि अनेकन खोज सबै काम सँगसँगै अगाडि बढे । “उन्यूमा खासै अध्ययन भएको थिएन । त्यसमा पनि कालो निउरोका बारेमा त झनै थिएन”, उहाँले स्मरण गर्नुभयो । दक्षिणकालीको जङ्गलमा पुग्ने र निउरो खोज्ने काम नियमित हुन थाल्यो । सङ्गीता राजभण्डारी श्यामशरणको मुख्य गाइड हुनुहुन्थ्यो ।

नेपाली समाजमा प्रचलित लोकोक्ति छ ‘ढुङ्गा टुसाउँदैन, उन्यू फूल्दैन ।’ कुनै पनि काम नलाग्ने भनेर उन्यूका हकमा यस्तो भनिएको होला तर सोही उन्यू प्रजातिमा पर्ने कालो निउरो आफैँमा जीवनदायी औषधिका रुपमा रहेको अध्ययनबाट पत्ता लागेको छ । त्यो पत्ता लगाउने उनै श्यामशरण हुनुहुन्छ ।

अल्लो, कालो निउरो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।
त्रिभुुवन विश्वविद्यालयमा दुई वर्ष र इटालीको पादोभा विश्वविद्यालयको डिर्पाटमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलमा ११ महिना लगाएर गरिएको अध्ययनले देखायो, बकाइनो, अल्लो र कालो निउरोमा क्यान्सर रोक्ने गुण रहेको पत्ता लाग्यो । संसारभर नै चैतमा खरमा डढेलो लागेजसरी फैलिएको क्यान्सर रोक्न ती वनस्पति उपयोगी हुने कुरा पत्ता लगाउनु आफैँमा महत्वपूर्ण उपलब्धि थियो ।

एक दिन पादोभा विश्वविद्यालयको डिपार्टमेन्ट अफ फर्मासिटिकल एण्ड फर्माकोलिजिकलका प्रोफेसर डाक्टर स्टेफानो हर्षित मुद्रामा श्यामशरणका अगाडि देखा परे । अरु दिनभन्दा स्टेफानो खुसी देखिन्थे । उहाँले अभिवादन गर्नेबित्तिकै स्टेफानो अझै खुसी देखिए र भने, “बधाई छ, श्यामशरण । तिम्रो अध्ययन सफल भयो । अल्लो, कालो निउरो र बकाइनोमा क्यान्सरका सेल मार्नसक्ने औषधीय गुण छ । हाम्रो अध्ययनले त्यो देखायो ।”

विशेषतःअल्लोले छालाको रोग निर्मूल पार्न सक्छ । मधुमेह र विशेषगरी महिलाको पाठेघरको क्यान्सर र कलेजोको क्यान्सर नियन्त्रणका लागि प्रभावकारी हुने गुण पत्ता लागेको डा. श्यामशरणको भनाइ छ । सौन्दर्य प्रशोधनका सामग्रीसमेत यसैबाट बनाउन सकिन्छ । त्यसले कुनै पनि हानि नगर्ने देखिएको छ । प्राथमिकरुपमा पत्ता लागेका विषयलाई थप अध्ययन गरेर त्यसलाई औषधिमा नै परिवर्तन गर्न ठूलो लगानी र जनशक्ति आवश्यकपर्ने श्यामशरणको भनाइ छ । सरकारले यसमा विशेष चासो लिएर काम गरे, आफू त्यसका लागि सघाउन तयार रहेको उहाँले जानकारी दिनुभयो ।

नेपालका विभिन्न भूभागमा ठूलो सिस्नो, लेकाली सिस्नो, भाङ्ग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो आफैँमा बहुपयोगी वनस्पति हो । अल्लोलाई विदेशीहरुले नीलगिरि नेटलको नामले चिन्छन् । यसको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छ । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ ।

अल्लोको कलिला मुना सागका रूपमा तरकारी खान पनि प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरीर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीका लागि अचुक औषधिका रुपमा पनि स्थानीयस्तरमा पहिल्यैदेखि प्रयोग हुनेगरेको छ । त्यसबाहेक यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगी रहेको यसअघि नै पत्ता लागेको हो । अल्लो पछिल्ला दिनमा कार्पेट उद्योगमा पनि प्रयोग हुन थालेको छ ।

अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायतका देशमा निर्यातसमेत हुनेगरेको छ । नेपालमा अल्लोको कपडा बनाउने उद्योगको पनि व्यावसायिक विस्तार भएको छ । हाल अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर १२०० देखि २००० रुपियाँ सम्म छ ।

राष्ट्रियरुपमा अल्लोबाट निर्मित कपडाको माग उच्च रहेकाले नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न जिल्लामा अल्लोको उत्पादनमा विशेष जोड दिएको छ । अल्लोको प्रचुर सम्भावना भएको जिल्लामा छुट्टै उद्योग स्थापना गरेर त्यसलाई व्यावसायिक रुप दिनुपर्ने माग पनि बढ्दै गएको छ । पर्वत, सङ्खुवासभाका किसानले पनि अल्लोबाट व्यावसायिक लाभ लिएका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घले ‘एक गाउँ एक उत्पादन अन्तर्गत अल्लो छनोट गरेको छ ।

अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ । नेपालको वन जङ्गल, पाखा पखेरा जतासुकै पाइने कालो निउरोबाट प्राणघातक क्यान्सर रोगको औषधि बन्नसक्छ भन्ने कुरा पत्ता लागेको छ । कालो निउरो मात्रै नभई बकाइनो पनि उत्तिकै महत्वपूर्ण छ ।

बकाइनो एक बहुउपयोगी प्रजाति

नेपालको वनजङ्गलमा पाइने जडीबुटीहरुले अनेकौँ औषधीय गुणहरु बोकेका हुन्छन् । त्यसमध्ये एक हो, बकाइनो । बकाइनोमध्ये पहाडी भेगमा पाइने चाँडो बढ्ने एक प्रकारको वनस्पति हो । बकाइनोको फल, पात वा बोक्रालाई पिसेर लेप बनाई लुतो, घाउ खटिरामा लगाउँदा प्रभावकारी मानिने विश्वास गरिन्छ ।

बकाइनोको धुलो वा चूर्णलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँदा थुप्रै किसिममा छाला रोग केही हदसम्म ठीक हुने डा श्रेष्ठको भनाइ छ ।

बकाइनोको १० देखि २० भागको हरियो पातलाई धुलो बनाई पानीमा मिलाएर १२ घण्टासम्म भिजाएर बारी तथा खेतमा छर्किंदा थुप्रै किसिममा किटाणु तथा सागसब्जीमा लाग्ने किरा र लाहीलाई निर्मूल गर्न सकिन्छ । खेत तथा बारीको बीचभागमा बकाइनोको बिरुवा लगाउँदा हानिकारक तत्वहरु, बाली तथा सागसब्जीमा लाग्ने किरालाई समेत विकर्षण गराउन सकिने सामाजिक मान्यता छ ।

बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ । सेतो दुबीमा भएमा १० पात निम र १० पात बकाइनोलाई पिनेर लेदो बनाएर लगाएमा केही समयमा सेतो दुबी ठीक हुन्छ । दाद आएका खण्डमा पाकेको बकाइनोको गेडालाई धुलो बनाई कागतीमा फिटेर लगाउनाले दाद निको हुन्छ । पत्थरी रोगमा भएमा बकाइनोको एक चम्चा पातको रसमा र आधा चम्चा ज्वाखार मिलाएर बिहान÷बेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थरी ठीक हुने प्रमाणित नै भइसकेको छ ।

यसैगरी बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्ने र चौथाइ भाग बाँकी भएपछि सिसीमा राखेर एक–एक चम्चा बिहान–बेलुका खाने गरेमा बालबालिका, वृद्धवृद्धालाई जुका परेको छ भने पनि दुई–चार दिनमै ठीक हुने उहाँको भनाइ छ ।

बकाइनोलाई दाँत माँझ्न पनि प्रयोग गर्न सकिन्छ । स्त्रीको मासिक धर्म धेरै पटक भएमा वा रक्तश्राव बढी भएमा बकाइनोको पातको रस एक चम्चा बिहानबेलुका खाने गरेमा उक्त समस्याबाट मुक्ति पाइन्छ । गर्भाशय शुद्धिका लागि पनि बकाइनोको पातको रस नित्य एक एक चम्चा बिहानबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुने प्रमाणित नै भइसकेको छ ।

बकाइनो चीन, जापान, भारतीय उपमहाद्वीप, दक्षिण–पूर्वी एशिया र उत्तरी तथा पूर्वी अष्ट्रेलियाको ठूलो क्षेत्रको रैथाने वनस्पति हो । यो सामान्यतया नेपालमा ७०० देखि १३०० मिटरसम्म पाइन्छ । बकाइनो चाँडो बढ्ने, पतझर रूख हो जुन घना, ओसिलो जङ्गलमा लगभग ४५ मिटरको उचाइमा पुग्न सक्छ । यो चिसो र सुख्खा क्षेत्रमा धेरै सानो हुन्छ जहाँ यो कहिलेकाहीँ हुर्कन्छ र केबल १०–१५ मिटर अग्लो हन्छ । सुरिलो बेलनाकार काण्डको २० मिटरसम्म हाँगा हुँदैनन् । रूख सामान्यतया पतझर हुन्छ, तर आर्द्र उष्ण क्षेत्रमा केही सदाबहार हुन्छन् । यो राम्ररी मुना आउने प्रजाति हो ।

निउरो नयाँ स्वाद

श्रेष्ठलाई धेरैले उन्यूका डाक्टर भनेर चिन्छन् । उहाँलाई त्यसमा कुनै गुनासो छैन । “मैले त्यसैमा पढे र त्यसैका सिके । त्यसमा औषधीय गुण हुन्छ भन्ने पत्ता लगाए”, श्रेष्ठले भन्नुभयो । पाठेघरको क्यान्सर रोक्न तथा मधुमेहका रोगीका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पाइएको उहाँको भनाइ छ ।

सन् २०२२ को जुलाई ४ मा मात्रै उहाँले विद्यावारिधिको उपाधि पाउनुभयो । छाला रोगको उपचार, झाडाबान्ता रोक्न, पिसाब पोल्ने रोगको निदानका लागि पनि निउरोको उत्तिकै महत्व छ । पेटजन्य अन्य रोगको नियन्त्रणका लागि पनि यसको सेवन महत्वपूर्ण मानिन्छ । निउरो रोप्न पर्दैन । रोपेर पनि उत्पादन गर्न सकिन्छ । तर वनजङ्गलमा आफैँ पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो ।

निउरो खानुको फाइदैफाइदा छन् । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ ।
पहाड र तराई सबैतिरको जङ्गलमा निउरोे पाइन्छ । तर यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मकरुपमा पहाडको जङ्गलमा पाइने निउरो बढी स्वादिलो मानिन्छ । वन जङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । यो पूर्णतः जैविक हुन्छ ।

निउरो खानुको फाइदैफाइदा छन् । पोषणविद्ले निउरो पौष्टिकताले भरिपूर्ण रहेको बताइन्छ । यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निउरो अरु बढी लाभदायक छ । किनभने निउरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिकरुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनै पनि किसिमको हानी नहुने बताएका छन् ।

भक्तपुरे रैथाने श्यामशरणले भन्नुभयो, “कौडीको भाउमा नेपालको प्राकृतिक वनस्पति विदेश निर्यात नगरौँ । त्यसलाई नै डलर आर्जन गर्ने माध्यममा परिणत गरौँ ।” औषधीय गुण भएका वनस्पतिको प्रवर्धन गर्न पीपल एण्ड प्लान्ट’ को अवधारणामा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

“नेपाल औषधिको भण्डार हो । यसको विकास र प्रवर्धन गरे मात्रै पनि अरु केही गर्नु पर्दैन । सम्भावना नै सम्भावना छ यसैमा छ उहाँले भन्नुभयो, “यसमा खोजी गर्ने जनशक्ति तयार गरौँ । लगानी बढाऔँ । उद्योग व्यवसायको विस्तार गरौं । त्यसका लागि सरकारले नै चासो देखाओस् ।” रासस

Chitwan Aaja चितवन आज
आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

ताजा समाचार

सबै

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech