हेटौंडा, साउन ८-
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षमा साढे ६ हजार बढी व्यक्तिले राहदानी लिएका छन् । प्रशासन कार्यालयबाट गत आर्थिक वर्ष २०७८ र ७९ मा ६ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।
विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
कार्यालयले विभागबाट बनाउने गरी ६ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको छ भने चार हजार १३८ द्रुत सिफारिस गरेको छ ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा ३ हजार ५२४ राहदानी वितरण गरेको थियो ।
जसमा ८५० वितरण हुन बाँकी रहेका राहदानी थिए । सो आर्थिक वर्षमा चार हजार ३७४ राहदानीमा कार्यालयले साधारण सिफारिस गरेको थियो भने दुई हजार ९५१ द्रुत सिफारिस गरेको थियो ।
तपाईको प्रतिक्रिया
                           सम्बन्धित समाचार
                              
                           
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













