चितवन, साउन ८-
भरतपुर अस्पतालले आजदेखि ओपिडी सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकट वापतको शुल्क नलिने भएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष डा।भोजराज अधिकारीका अनुसार अस्पतालले लिंदै आएको ३० रुपैयाँ शुल्क आजदेखि नलिने निर्णय गरिएको छ । अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा।डा।कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यस अघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको बताउनुभयो ।
पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उहाँको भनाई छ ।
दैनिक १ हजार ५०० हाराहारी बिरामीले अस्पतालमा ओपिडी सेवा लिने गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार