चितवन, साउन २-
भरतपुर महानगरपालिका वडा नम्वर १, मेनरोड स्थित युवा व्यवसायी द्वारा संचालित पिपुल्स फर्मामा साताको दुई दिन छाला तथा सौन्दर्य विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा सुरु भएको छ ।
फर्मामा डा. मनोज अधिकारीबाट छाला तथा सौन्दर्य सम्बन्धी विभिन्न रोगहरुको उपचार हुनुका साथै नङ र कपाल सम्बन्धी रोगको उपचार सेवा सञ्चालन हुँदै आएको छ।
यसका साथै सुपथ मूल्यमा होल बडी चेकअप सेवा, केमीकल पिलिङ, चाया पोतो कम गर्ने विधि, डन्डिफोरको दाग हटाउने, मुसा कोठी हटाउने, रेडियो फ्रिक्वेन्सीका साथै कपाल झर्ने रोगको पनि सफल उपचार गरिन्छ ।
फर्माले चितवन तथा गैंडाकोटसम्म औषधि घरमै पुर्याउने सुविधा र घर मै गएर रगत जाँच गर्ने सुविधा पनि दिदैं आइरहेको छ ।