चितवन, असार २९ –
असार ३१ गते भरतपुर सवस्टेशनको क्षेत्रपुर र भृकुटी फिडरमा लाइन जाने भएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख ई. राजिव कुमार सिंहका अनुसार ९ बजेदेखि ६ बजेसम्म लाइन जाने छ ।
११ केभी लाइन निर्माण गर्ने तथा प्रणाली सुधार गरी ८÷९ मि पोल भएको स्थानमा ११ मिटर पोल तथा कभर कन्डक्टर बदलीको काम गर्न लागिएकाले विद्युत कटौती गर्न लागिएको उनले चितवन आजलाई बताए ।
उनका अनुसार नारायणगढ, क्षेत्रपुर, कल्याणपुर र लंकुमा क्षेत्रमा विद्युत अवरुद्ध हुने छ ।