चितवन, असार २२ –
चितवनको भरतपुरमा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ । चितवन उद्योग संघको परिसरमा रहेको प्रर्दशनी केन्द्रमा सुरु भएको मेलाको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभयो ।
मेलाको उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले भरतपुर महागनरपालिकाकले नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिए अनुरुप रोजगारी सिर्जना गर्न यो मेला लगाइएको बताउनुभयो ।
उपप्रमुख अधिकारीले महानगरमा उत्पादन वृद्धि गर्न दक्ष जनशक्तिकाको आवश्यकता पर्ने भएकाले यसको परीपूर्ती गर्नतर्फ स्थानीय सरकारहरु अगाडि बढेको उल्लेख गर्नुयभयो ।
अधिकारीले अहिले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच रोजगारी सिर्जना गर्ने बारे सहकार्य गरे जस्तै अन्य कार्यहरुमा पनि सहकार्य गरेर समग्र चितवनको विकासमा जुट्ने विचार व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै प्रमुख प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले मेला लिइएको तथ्याङ्ककलाई अनलाईनमार्फत एप्समा राखिने र रोजगार गर्न चाहाने र दिन चाहानेलाई सहजीकरण गरिने बताउनुभयो ।
उहाँले सीप अनुसारको रोजगारी दिदाँ कार्य सम्पादन र कामको नतिजा निकाल्ने सकिने भएकाले क्षेत्रगत हिसाबमा तथ्याडक संकलनको कार्य प्रभावकारी रहने बताउनुभयो । बुधबारदेखि सुरु भएको मेला भोलि बिहीबारसम्म चल्नेछ । मेलामा ५० वटा स्टलहरु रहेका छन् ।
मेला अवधिभर करिब २०० जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना भएको मेलामा जिल्लाका निजी क्षेत्रको स्टलहरु रहेका छन् । मेला्को मूख्य उद्देश्य रोजगारी दिने र लिन चाहानेलाई एउटै ठाँउमा भेट गराउनु हो ।
स्थानीय सरकारको आयोजना पहिलो पटक गरिएको रोजगार मेलामा बेरोजगारहरुको उल्लेख्य सहभागिता पाइएको छ । विषेश गरेर मेलामा न्युन र मध्यम रोजगारको लागि परामर्श एवम् सहजिकरण गर्ने गरिएको छ ।
मेलामा सहभागिहरुलाई सीप सिक्दा उपयुक्त विषय छनोटबारे विज्ञहरुबाट परामर्श दिएको महानगर शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । मेलामा तालिमबारे परामर्श दिन १ दर्जन संघसंस्थाले सहजीकरण गरेका छन् ।
युवाहरुमा देखिएको बेरोजगारीको समस्यामा यसले अर्थपूर्ण भूमिका खेल्ने र आवश्यक कामदार सहजरुपमा उपलब्ध गराउने गरी तथ्याङ्कक संकलन गरिएको पौडेलले जानकारी दिनुभयो ।
व्यवसायिक प्रतिष्ठानले पनि यही मेलाबाट आफूलाई आवश्यक पर्ने कामदार सहजरुपमा छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ । भरतपुर महानगरले आगामी नीति तथा कार्यक्रममा मेलामा उपलब्ध हुने तथ्याङ्ककका आधारमा विभिन्न कार्यक्रमहरु समावेश गर्ने लक्ष्य पनि लिएको छ ।