Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

सक्रिय पहलपछि प्राप्त भयो ‘महाकालीको पानी’

काठमाडौं ,असार १६ –

रमेश लम्साल 

महाकाली सन्धि भएपछि पश्चिम नेपालको विकास निर्माणले गति लिन्छ भन्ने सोच हालसम्म पनि पूरा हुनसकेको छैन । यद्यपि, सन्धि भएको अढाइ दशकपछि महाकाली सिँचाइ आयोजनाले वर्षाको समयमा पानी पाएको छ । सो पानी पाउन पनि नेपालले ठूलै सङ्घर्ष गर्नुपर्यो । सन्धिमा समेटिएको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालगायत काम भने हालसम्म अगाडि बढ्न सकेको छैन ।

बिजुली उत्पादन, जम्मा भएको पानीको सदुपयोग गर्ने गरी बहुउद्देश्यीय परियोजना निर्माण गर्ने भन्दै नेपाल र भारतबीच सहमति भए पनि विस्तृत परियोजना प्रतिवेदन बन्न नसक्दा आयोजनाले गति लिन सकेको छैन । सरकारले हरेक वर्ष पश्चेश्वरको विषयलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरेको छ । आगामी आवको बजेटमा समेत सो आयोजना समेटिएको छ ।

तर, डीपीआरले अन्तिम रुप लिन नसक्दा आयोजनाको चर्चा केवल चर्चामा सीमित नै हुन पुगेको छ । सन्धिअनुसार ६ महिनाभित्र डिपिआरको काम सम्पन्न गर्ने भनिएको थियो । पानी बाँडफाँटको विषयमा सहमति हुन नसक्दा डीपीआरले मूर्तरूप लिन सकेको छैन ।

यसबीचमा दर्जन बढी मन्त्री, सचिव फेरिए । हरेक मन्त्री र सचिवले आयोजनाको चर्चा गरे । तर काम अगाडि बढ्न सकेन । महाकाली सिँचाइ आयोजनामा पानी ल्याउने विषय पनि त्यस्तै थियो । राजनीतिक भाषण र सार्वजनिक खपतका लागि बोलिए पनि व्यवहारिक रूपमा काम हुनसकेको थिएन । वर्तमान सरकार र त्यसमाथि पनि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको निरन्तरको प्रयासपछि महाकाली सिँचाइ आयोजनाले पानी पाएको छ ।

बुधबारदेखि औपचारिक रूपमा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रम्हदेवबाट मूल नहरको काम सुरु भएको छ । विसं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवबाट मूल नहरको काम प्रारम्भ भएको हो । भारतले नेपालको भूमिसम्म एक हजार २०० मिटर मूल नहर र हेड रेगुलेटरलगायत संरचना निर्माण गर्न झण्डै दुई दशक समय व्यतित भएपछि बल्ल नेपालले पानी पाएको हो ।

मन्त्री भुसालले सरकारको निरन्तरको कूटनीतिक प्रयास एवं पहलका कारण महाकाली सिँचाइ आयोजनामा पानी आउन थालेको हो । केही समयअघि मात्रै भारतीय पक्षले सन्धिअनुसार बनाउनुपर्ने मूल नहर र संरचना तयार गरेपछि महाकालीको पानी मूल नहरमार्फत सिँचाइका लागि पानी प्राप्त भएको हो । मन्त्री भुसालले आयोजनालाई शीघ्र सम्पन्न गर्न नेपालतर्फको कामलाई गति दिन आफूले विशेष निर्देशन दिएको र सोहीअनुसार आयोजनास्थलमा काम भइरहेको जानकारी दिए ।

सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरेको छ । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा परेपछि उक्त आयोजनाको सक्रियता झनै बढेको छ । “भारततर्फको नहर सम्पन्न भएपछि केही दिनदेखि नै परीक्षण भइरहेको थियो । बुधबारदेखि हामीले पानी पाएका छौं”, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले जानकारी दिए ।
हाल नेपालतर्फको कूल २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको छ । सो नहर कूल ४२ किलोमिटर लामो छ । सबै नहरको निर्माण सम्पन्न हुन अझै तीनदेखि चार वर्ष लाग्न सक्ने महानिर्देशक आचार्यको भनाइ छ । निर्माण सम्पन्न भएको २८ किलोमिटर लामो मूल नहरमा पनि विभिन्न २२ वटा शाखा नहर निर्माण गर्नुपर्नेछ । त्यसका लागि बल्ल बोलपत्रको काम भएको छ । त्रिभुवन बस्तीसम्म पानी पुर्याउनका लागि अझै धेरै काम गर्न बाँकी रहेको छ । ती सबै काम सम्पन्न भएपछि १६ हजार हेक्टर कृषियोग्य भूमिमा १२ महिना नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसबाट कृषि उत्पादन उल्लेखनीय रूपमा वृद्धि हुनेछ ।

सो नहरबाट नेपालले वर्षात्मा २८ मिटर क्यूब बराबरको पानी प्राप्त गर्छ भने हिउँदमा आठ मिटर क्यूब पानी पाउने सम्झौता छ । सरकारले त्रिभुवन बस्ती, मालाखेतीसम्म नहर पुर्याएर सिँचाइ सुविधा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखेको छ । कूल २८ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको योजना छ । त्यस्तै छ हजार हेक्टरमा सतही सिँचाइ उपलब्ध गराउने योजनाअनुसार काम भएको छ ।

आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनियर शम्भु पण्डितका अनुसार भारतीय नेशनल हाइड्रोपावर कर्पोरेशन (एनएचपीसी) ले पानी परीक्षण गरेको हो । महाकाली सिँचाइले यसअघि ब्रह्मदेवबाट करिब १३ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ । थप १५ किलोमिटर नहर निर्माणकार्य अन्तिम चरणमा छ । “साढे १८ किलोमिटर मूल नहर तयार भइसकेको छ”, इञ्जीनियर पण्डितले भने, “साढे १२ किलोमिटरमा गौजी खोलामा स्केप छ, त्यही लगेर पानी फाल्छौँ ।”

मूल नहरको २८ किलोमिटर तयार हुन एक दशकभन्दा बढी समय खर्च भइसकेको स्थिति छ । निर्माणाधीन १५ किलोमिटर मूल नहर (शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली) सम्म तीन प्याकेजमा निर्माण भएपछि काम सम्पन्न हुनेछ ।

आगामी आवका लागि सरकारले सो आयोजनाका लागि रु एक अर्ब २६ करोड विनियोजन गरेको छ । लामो समय मुआब्जा उल्झन, रकम अभावलगायत कारणले नहर निर्माणमा ढिलाइ भएको थियो । पछिल्लो समय निर्माणले गति लिएपछि स्थानीयवासीमा खुसी थपिएको छ ।

आयोजनाले २२ शाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ । शाखा नहर निर्माणपछि भीमदत्त नगरपालिका, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका केही क्षेत्रका किसानले सिँचाइ सुविधा पाउनेछन् । आयोजनाअन्तर्गत १५१ किलोमिटर नहर निर्माण भए कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रको ३३ हजार ५०० हेक्टर जमिनलाई सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।

हालसम्म आयोजनामा मात्रै रु चार अर्ब खर्च भइसकेको छ । चुरेको फेदबाट निर्माण भइरहेको मूल नहरले कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवासमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

सन्धिअनुसार भारतले दोधारा–चादँनी नगरपालिकामा समेत सिँचाइका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर त्यहाँ पनि भारतले शारदा नहरबाट नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने मूल नहर र संरचना निर्माणमा ढिलाइ भइरहेको छ । नहर निर्माणको कुनै सुरसार नै छैन । रासस

 

 

Chitwan Aaja चितवन आज
बिहिबार, असार १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

ताजा समाचार

सबै

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.