Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

विनोद चौधरीलाई विभिन्न जिल्लाबाट प्रस्तावः हाम्रो निर्वाचन क्षेत्रबाट चुनाव लड्नुहोस्

काठमाडौं, १४ असार-

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आसन्न संघीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।
जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने आफ्नो चाहना रहेको सार्वजनिक गरेपछि कांग्रेस नेता चौधरीलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न् सार्वजनिक रुपमा आग्रह गर्न थालेका हुन् ।

नेपालका एक मात्र डलर अर्बपति चौधरीले बाँकी जीवन पूर्णकालीन राजनीतिमा बिताउने बताइसकेका छन् । मंसिर दोस्रो साताभित्रै संघीय निर्वाचन गर्ने गरी सरकारले तयारी अगाडि बढाइसकेको छ । नवलपुर–२ बाट चुनाव लड्ने उनको तयारी छ । तर, पार्टीको निर्णयअनुसार आफू जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न तयार रहेको चौधरीले बताएपछि उनलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्नका लागि प्रस्ताव गरेका हुन् ।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३ का क्षेत्रीय सभापति महेश्वर थापाले ललितपुर क्षेत्र न ३ बाट चुनाव लड्न प्रस्ताव गरेका छन् । उनले सामजक सञ्जाल फेसबुकमा लेखे, ‘ललितपुर क्षेत्र नं ३ मा स्वागत गर्न तयार छु ।’ ललितपुर–३ बाट हालकी उर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल निर्वाचित भएकी हुन् ।

त्यस्तै, महोत्तरी जिल्लाको गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साहले नेता चौधरीलाई महोत्तरी क्षेत्र नं. १ बाट चुनाव लड्न आग्रह गरेका छन् । कांग्रेसका स्थानीय नेतासमेत रहेका साहले भनेका छन्, ‘नेपाली कांग्रेसकोतर्फबाट महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचन लड्न हार्दिक अनुरोध गर्दछु ’, यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेल निर्वाचित भएका हुन् ।

बाँकेका शरद रेग्मीले बाँके–३ बाट चुनाव लड्न आग्रह गरेका छन् भने खिमराज ओलीले रुकुम पश्चिमबाट चुनाव लड्न चौधरीलाई आग्रह गरेका छन् । त्यस्तै, उनलाई सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न स्थानीयले आह्वान गरेका छन् । फेसबुकमा स्थानीय सरोज न्यौपाने, सागर नेपाल, दिनेश गजुरेल, पुर्णेश तामाङ, सुमन सिंहलगायतले सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न आग्रह गरेका छन् । सिन्धुपाल्चोक–२ बाट नेकपा एमालेका नेता शेरबहादुर तामाङ निर्वाचित भएका हुन् । कांग्रेसले यस निर्वाचन क्षेत्रमा राप्रपाका नेता पशुपति शम्शेर जबरालाई समर्थन गरेको थियो ।

धादिङका गिरिराज कडुवालले धादिङ–२ बाट निर्वाचन लड्न आग्रह गर्दै लेखेका छन्, ‘धादिङमा हामी स्वागत गर्छौं । हामी जिताउँछौं पनि ।’

फेसबुकमा कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्न आग्रह गरेका छन् । केहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्न भनेका छन् । रामेश्वर पुडासैनीले काठमाडौं–३ बाट चुनाव लड्न चौधरीलाई भनेका छन् भने

वीरबहादुर केसीले राम्रा मान्छेले जहाँबाट पनि चुनाव जित्ने भन्दै चौधरीले आउने निर्वाचन सजिलै जित्ने दावी गरेका छन् । उनले भने, ‘तपाईजस्ता राम्रा मान्छे जहाँबाट लड्दा पनि जित्नुहुन्छ ।’

पाल्पा, भोजपुर, म्याग्दी, दोलखा, सुनसरी, रुपन्देहीलगायतका जिल्लाबाट चुनाव लड्न पनि आग्रह गरिएको छ । नवलपुरका दुबै क्षेत्रबाट चुनाव लड्न सुझाव दिने स्थानीयको संख्या पनि उल्लेख्य छ ।

पछिल्लो समय फरक विधामा आफुलाई प्रमाणित गरेका सफल व्यत्तित्वहरु नागरिकको आकर्षणमा परेका छन् । चौधरी पनि भारतबाहेक दक्षिण एसियाका एक्ला फोर्ब्सको डलर अर्बपतिको सूचीमा सुचिकृत सफल उद्यमी हुन् ।

कांग्रेसको १४र्आँ महाधिवेशनमा उनी खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उनी महाधिवेशनअन्तर्गत वडातहबाटै प्रतिस्पर्धा गरेर आएका थिए ।

नेता चौधरी स्थानीय तह निर्वाचनमा नवलपुरका सबै स्थानीय तहमा चुनावी प्रचारप्रसारमा खटिएका थिए । उनले आफ्नो जीवनको बाँकी समय नेपाली कांग्रेसमार्फत राजनीतिमा बिताउने घोषणासमेत गरिसकेका छन् । आफ्नो तीन दशक लामो व्यवसायिक अनुभव राजनीतिमार्फत् देशको समृद्धिका लागि खर्च गर्न चाहेका चौधरीले बताए ।-न्युज कारखाना

 

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.