Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

काठमाडौँ, चैत ५-
काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन-चम्पादेवी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको कोलाहल वातावरणलाई छल्न र आनन्दको अनूभूति लिनका लागि अहिले दक्षिणकाली नगरपालिकाको हात्तीवनबाट कीर्तिपुर नगरपालिकाको चम्पादेवीसम्म पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

काठमाडौँको नयाँ बसपार्कबाट झण्डै १० किलोमिटर दूरीमा रहेको हात्तीवनको फेदबाट सुरु हुने उक्त पदमार्ग तीनदेखि चार घण्टाको पैदलमार्गबाट चम्पादेवीडाँडोमा पुगिन्छ । चम्पादेवीडाँडो समुद्र सतहबाट दुई हजार २८५ मिटर उचाइमा पर्दछ । पदयात्रा, पारिवारिक वनभोज आदिका लागि चम्पादेवी उपयुक्त गन्तव्य मानिन्छ ।

लमजुङका प्रकाश घिमिरेले ‘हात्तीवन-चम्पादेवी पदमार्ग’मा पदयात्रा गर्दा आफूलाई ज्यादै आनन्दित बनाएको बताउनभयो । “यस पदमार्गबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्य हेर्न पाउनुका साथै प्रकृतिसँग रमाउन पाइन्छ”, उहाँले भन्नुभयो । पदयात्राका क्रममा शरीर थाकेपनि यहाँको प्राकृतिक सौन्दर्यताले पदयात्रीको थकान मेटाउने गरेको उहाँको अनुभव छ ।

काठमाडौँका पदयात्री डा ज्योति गजुरेलले घना जङ्गल र जैविक विविधताका कारण उक्त पदमार्ग आकर्षक र उत्तम रहेको धारणा राख्नुभयो । “पदमार्गमा हिँड्दा देखिने लालिगुँरासलगायत विभिन्न प्रजातीका फूल, काफल र विभिन्न किसिमका बोटबिरुवा र चराचुरुङ्गीको आवाजले आनन्द तुल्याएको छ”, उहाँले भन्नुभयो ।

चम्पादेवीडाँडोमा जानका हात्तीवनको फेदीका साथै बोसन गाउँबाटसमेत जान सकिन्छ । यसबाहेक फर्पिङबाट पनि यहाँ जान सकिन्छ । कीर्तिपुरको मच्छेगाउँ र चन्द्रागिरि नगरपालिकाबाट चम्पादेवी पुग्न सकिन्छ । बोसन गाउँ दक्षिणकाली नगरपालिका-१ मा पर्दछ । बोसन गाउँका स्थानीय मधुसुदन तामाङले पछिल्लो समय चम्पादेवी पदमार्गमा जाने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । उहाँका अनुसार अन्य दिनमा दुई सयदेखि तीन सयसम्म पदयात्री जाने गरेकामा शनिबार र बिदाको दिनमा हजारौँ पदयात्री जाने गरेका छन् ।

चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले विसं २०६६ देखि सुरु भएको उक्त पदमार्ग अहिले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको बताउनुभयो । विसं २०६६ मा नेपाल सरकारको पर्यटन पूर्वाधार विकास आयोजनाले रु तीन करोड लगानीमा उक्त पदमार्गको सुरुवात गरेको थियो । यो पदमार्ग काठमाडौँ उपत्यकाकै पहिलो पदमार्ग हो ।

उक्त पदमार्गको विकास र विस्तारका लागि दक्षिणकाली नगरपालिकाले ठूलो लगानी गरेको छ । अध्यक्ष तामाङका अनुसार चम्पादेवीमा मङ्सिर पूर्णिमा र नयाँ वर्षको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर तथा त्यस आसपासको क्षेत्रको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो । उक्त मन्दिर र त्यसवरपरको क्षेत्र पुनःनिर्माणका लागि रु २८ लाख खर्च भएको छ ।

यो पदमार्ग धार्मिक, प्राकृतिक र साहसिक अनुभवका लागि महत्वपूर्ण पदमार्गसमेत हो । यो पदमार्गबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्यका साथै गौरीशङ्कर, लाङटाङलगायतका हिमशृङ्खला सजिलै देख्न सकिन्छ । बोसन गाउँबाट चम्पादेवी मन्दिरसम्म जानका लागि केबुलकारसमेत निर्माण हुन लागेको छ । चम्पादेवीको फेन्ड्रली कम्पनीले दक्षिणकाली नगरपालिका-१ बोसनगाउँबाट कीर्तिपुर नगरपालिका(४ चम्पादेवी डाँडासम्म केबुलकार निर्माण गर्न लागेको हो ।

केबलकार निर्माणका लागि वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार रु पाँच अर्ब लगानीमा निर्माण हुन लागेको उक्त केबुलकारको काम दुई वर्षभित्र पूरा हुनेछ । दुई किलोमिटर लम्बाई भएको उक्त केबुलकारमा १२ टावर हुनेछन्, भने मानिस बोक्ने ३४ गोण्डुला, सामान बोक्ने दुई गोण्डुला र मर्मतको सामान बोक्ने एक गोण्डुला हुनेछन् । केबुलकार निर्माण भएपछि बोसन गाउँबाट चम्पादेवी पुग्न सात मिनेट लाग्नेछ । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

ताजा समाचार

सबै

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

जेनजी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीलाई राप्ती नदीमा छोडियो

चितवनमा गौरीबहादुर कार्की आयोग गठित छानबिन आयोग प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन्जी समूह

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोलाः महावीर पुन

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

बरण्डाभारमा हाइकिङको सम्भावनामाथि अध्ययन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.