चितवन,माघ १६-
दाङबाट काठमाडौं जाँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएको बसका घाइतेहरुको परिचय खुलेको छ । प्रहरीका अनुसार घाइते ३८ जना छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य छ ।
मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा आफैं अनियन्त्रित भई घुमाउने भन्ने स्थानमा पल्टिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको विवरणको आधारमा घाइतेहरुको नामावली यसप्रकार छ-
नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरु
१. दाङको लमही नगरपालिका १ बस्ने वर्ष ३३ को गणेश चौधरी (हात खुट्टामा चोट, अवस्था मध्यम) ।
२. ऐ.ऐ. ३ बस्ने वर्ष २१ की रुपा चौधरी (निधारमा चोट, अवस्था मध्यम) ।
३. राप्ती गाउँपालिका ५ बस्ने वर्ष २४ की माधुरी चौधरी (हात खुट्टामा चोट र ढाडमा चोट अवस्था मध्यम) ।
४. सहचालक राप्ती गाउँपालिका मसुरिया बस्ने वर्ष २१ को दिनेश चौधरी (वाँया कानमा भित्री चोट, अवस्था मध्यम) ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाइतेहरु
१. दाङको गढवा गाउँपालिका ३ बस्ने वर्ष ३१ की सिमा चौधरी (वाँया हात र टाउकोमा चोट, अवस्था सामान्य) ।
२. गढवा गाउँपालिका ५ बस्ने वर्ष १८ को अभिषेक चौधरी (वाँया हात र ढाडमा चोट, अवस्था सामान्य) ।
३. ऐ.ऐ. बस्ने वर्ष २१ को सम्राट चौधरी (टाउकोमा चोट अवस्था सामान्य) ।
४. घोराही–१८ बस्ने वर्ष ३६ को शालिग्राम खत्री क्षेत्री (टाउको र वाँया हातमा चोट, अवस्था सामान्य) ।
५. दाङ शान्तिनगर गाउँपालिका २ बस्ने वर्ष ६९ को शालिग्राम शर्मा (टाउको र वाँया खुट्टामा चोट, अवस्था सामान्य) ।
६. वर्ष ३७ की माँया चौधरी (वाँया हात र अनुहारमा चोट, अवस्था सामान्य) ।
७. लमही नगरपालिका २ बस्ने वर्ष ३२ को निर्मल चौधरी (टाउको र ढाडमा चोट अवस्था सामान्य)।
८. लमही नगरपालिका २ बस्ने वर्ष ३१ की गीता चौधरी (टाउकोमा चोट, अवस्था सामान्य) ।
९. ऐ.ऐ. बस्ने वर्ष १९ को आवास चौधरी (वाँया खुट्टा र हातमा चोट, अवस्था सामान्य) ।
१०. ऐ.ऐ. बस्ने वर्ष ३२ को राजु चौधरी (अनुहार र वाँया खुट्टामा चोट, अवस्था सामान्य) ।
११. दाङ गढवा गाउँपालिका २ बस्ने वर्ष ३२ को लिखुराम चौधरी (टाउको र ढाडमा चोट, अवस्था सामान्य) ।
१२. दाङ घोराही–१८ बस्ने वर्ष ३१ को बाबुराम थापा (अवस्था सामान्य) ।
१३. ऐ.ऐ. ४ बस्ने वर्ष ४० को शुभराम वाग्ले (टाउकोमा चोट, अवस्था सामान्य) ।
मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत घाइतेहरु
१. सल्यान छत्रेश्वरी ५ बस्ने वर्ष १८ की लिला कवर मगर (टाउकोमा चोट, अवस्था सामान्य) ।
२. ऐ.ऐ. बस्ने वर्ष २१ को रमेश कवर मगर (टाउकोमा चोट, अवस्था मध्यम) ।
३. दाङ गढवा–२ बस्ने वर्ष २७ की मिना चौधरी (वाँया खुट्टा भाँचिएको, अवस्था मध्यम) ।
४. गढवा २ बस्ने वर्ष ३० को विष्णु चौधरी (टाउकोमा चोट, अवस्था मध्यम) ।
५. ऐ.ऐ. बस्ने वर्ष २२ की सन्ध्या बफ्रेल (टाउकोमा चोट, अवस्था सामान्य) ।
६. लमही नगरपालिका २ बस्ने वर्ष २१ को प्रकाश चौधरी (निधारमा चोट, अवस्था सामान्य) ।
७. दाङ घोराही–१६ बस्ने वर्ष ६० को फणेन्द्र पछाई (हात खुट्टामा चोट, अवस्था सामान्य) ।
८. दाङ नारायणपुर बस्ने वर्ष ६० की उमा गौतम (टाउकोमा चोट, अवस्था मध्यम) ।
९. घोराही बस्ने वर्ष ४१ की शान्ती हमाल (सामान्य चोटपटक) ।
१०. शान्ती हमालकी छोरी वर्ष १० की प्रमिसा हमाल (सामान्य चोटपटक) ।
११. रोल्पाको होलेरी बस्ने वर्ष ५० को विष्णु बस्नेत (टाउकोमा चोट, अवस्था मध्यम) ।
१२. नुवाकोटको पञ्चकन्या–६ बस्ने वर्ष ४० की सुनिता तामाङ (टाउकोमा चोट, अवस्था सामान्य) ।
१३. ऐ.ऐ. बस्ने बस्ने वर्ष ४२ को सुकमान तामाङ (टाउको र कम्मरमा चोट, अवस्था मध्यम) ।
१४. ऐ. ऐ. बस्ने वर्ष ४५ को बुद्दी बहादुर तामाङ (ढाडमा चोट, अवस्था मध्यम) ।
१५. ऐ.ऐ. बस्ने वर्ष २० को सन्देश तामाङ (दायाँ हातमा चोट, अवस्था मध्यम) ।
जनता केयर अस्पताल मुग्लिङमा उपचाररत घाइतेहरु
१. रोल्पा रुन्टीगढी गाउँपालिका ९ का वडाध्यक्ष वर्ष ३५ को चेतलाल खत्री (हातमा चोट) ।
२. दाङ घोराही १७ बस्ने वर्ष २४ को दिनेश चौधरी (हातमा चोट) ।
३. दाङ घोराही–१० बस्ने वर्ष २९ को चक्र सिंह (हात र टाउकोमा चोट) ।
४. दाङ गढवा–२ बस्ने वर्ष २६ को श्रीराम चौधरी (टाउको र हातमा चोट) ।
५. बस चालक दाङका ३४ वर्षीय सुभाष ओली ।
६. बस चालक (दुर्घटना हुँदाको समयमा चलाउने) दाङ लमही न.पा. २ बस्ने वर्ष २६ को विपिन चौधरी ।






