चितवन, माघ १३ –
चितवन क्षेत्र नम्बर २ मा एमालेका उम्मेद्वार अस्मिन घिमिरेले चुनावी घरदैलो सुरु गरेका छन् । चितवनको सगरमाथाको रुपमा चिनिने सिराईचुलीको फेद ईच्छाकामना गाउँपालिका १ हात्तिवांगबाट घिमिरेले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेका हुन् । समानुपातिक उम्मेद्वार सन्तबहादुर चेपाङलाई साथमा लिएर घिमिरे चुनावी घरदैलो अभियानमा जुटेका छन् ।
दुबै उम्मेद्वारको साथमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, चितवन २ बाट दुई पटकसम्म निर्वाचित संविधान सभा सदस्य कृष्णभक्त पोखरेल लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा चुनावी अभियान सोमबारबाट सुरु गरिएको उम्मेद्वार अस्मिन घिमिरेले जानकारी दिए ।
तस्विरमा हेरौं, चुनावी घरदैलो अभियान सुरु गरिएको दिनको दृश्य :







