आज मिति वि.सं.२०८२ साल माघ १२ गते । सोमबार । इस्वी सन् २०२६ जनवरी २६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–अष्टमी, ३० घडी १ पला, बेलुकी ६ बजेर ५६ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्विनी, ९ घडी ३८ पला, बिहान १० बजेर ४७ मिनेट उप्रान्त भरुणी । योग–साध्य, २ घडी २८ पला, बिहान ७ बजेर ५५ मिनेट उप्रान्त शुभ । करण–भद्रा, बिहान ८ बजेर १ मिनेट उप्रान्त बव, बेलुकी ६ बजेर ५६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४७ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसाय वा शेयर बजारमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैयाँ पैसाको बचत हुनेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने एनजिओ आइएनजीओ जस्ता संस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाझिनेछ भने संयमित नभए अप्रिय घटना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेको छ । तर पनि राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानीमा वृद्धि गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा मान सम्मान पाइनेछ । शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रहयोग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा गरेको लगानीबाट आम्दानी हुनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागी प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । वित्तीय बजार तथा व्यापारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रूपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्ति तथा सवारी साधनको खरिद बिक्रीबाट धन आर्जन गर्न सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ ।
राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै मध्यमा बाट धेरै कामहरू गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।







