काठमाडौँ, माघ ७ –
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार तीन हजार ८९ पुरुष, ३९६ महिला र तेस्रो लिङ्गी एक जना गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको हो । मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ ।
यही माघ ९ गते अपराह्न १ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन ४ः०० बजेदेखि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । रासस






