चितवन, असार ७
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एसपिपी सम्झौता, रासायनिक मलको अभाव लगायतको विरोधमा चितवनमा अनेरास्ववियु र युवासंघले प्रदर्शन गरेको छ ।
आज मंगलबार साँझ भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि पूर्व–पश्चिम राजमार्गमा नै अवरुद्ध गराएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला समेत जलाएका थिए ।
विरोध प्रदर्शनका क्रममा युवा संघका नेता अस्मिन घिमिरे कोरा कपडा लगाएर राजमार्गमा बसेका थिए । जनताका समस्या केही पनि नदेख्ने सरकार मृतसरह छ भनेर सांकेतिक रूपमा कोरा कपडा लगाएर विरोध गरेको घिमिरेले बताए ।