भरतपुर,पुस २२-
चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । मंगलबार सार्वजनिक भएको नतिजामा अध्यक्ष पदका प्रत्याशी शिरिष पन्तलाई हराउँदै सुवेदी विजयी भएका हुन् । चिरञ्जिवि सुवेदीले १ हजार ४ सय ८४ मत ल्याउँदा शिरिष पन्तले १ हजार १ सय ८५ मत ल्याएका हुन् । २ सय ९९ मतले सुवेदी विजयी भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यालनकै राजेन्द्र ओली, उपाध्यक्षहरु नारायण प्रधान र राजन पियाले जित निकाल्दा अर्का उपाध्यक्षमा पन्त प्यानलका जनक पौडेलले विजयी भएका छन् । संघका अन्य सदस्यमा अधिकांश सुवेदी प्यालनबाट नै विजयी भएका छन् । कुल २ हजार ७ सय १९ मत खसेको थियो । जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेका थिए ।







