१९,पुस, चितवन
उद्योग बाणिज्य संघको ५९ औं साधारणसभा तथा अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हालका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी प्यानल नै बनाएर होमिएका छन् ।
‘व्यावसायिक एकता एवम् संस्थागत प्रतिवद्दताः सवल, सक्षम र अनुभवी नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ पुस २१ गते हुने निर्वाचनमा होमिएको टिमले व्यवसायीहरुको मनसँगै मतको अपेक्षा राखेको छ ।
अनुभवी, युवा सबैलाई सन्तुलन मिलाएर टिम बनाएका सुवेदीले विगत २२ बर्षदेखि उद्योग बाणिज्य संघ चितवनको विकासमा अनवरत रुपमा लागेका एक कर्मयोगी व्यवसायी हुन् । संस्थागत र व्यवसायीको हित भन्दा कहिल्यै बाहिर नजाने स्वभावका सुवेदी एकैपटक अध्यक्ष उठ्ने स्थानमा आएका होइनन् । उनले संघको साधारण सदस्य, कार्यसमिति सदस्य, तृतिय उपाध्यक्ष, द्धितीय उपाध्यक्ष (दुईपटक), प्रथम उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बन्न लागेका हुन् । उनको लामो योगदान, अनुपम निष्ठा र त्याग मात्रै होइन सुवेदी संघलाई बलियो बनाउनसमेत निरन्तर लागिरहेका पात्र हुन् ।
जिल्लाका अन्य भेगमा समेत विकाससँगै बजार विस्तार हुँदै जान थालेपछि उद्योग बाणिज्य संघ नारायणगढलाई सानो दायरामा नराखेर फराकिलो र जिल्लाब्यापी बनाउन सुवेदीले महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनकै पहलकदमीमा उद्योग बाणिज्य संघ माडी इकाई, उद्योग बाणिज्य संघ खैरहनी इकाई र उद्योग बाणिज्य संघ इच्छाकामना इकाई गठन गरिएको हो । उद्योग बाणिज्य संघ चितवनलाई जिल्लाभर फैलाउन सुवेदीको महत्वपूर्ण योगदान र भूमिका छ । सुवेदी कै सोही योगदानका कारणले संघको सदस्य संख्या आज झण्डै ४ हजार पुगेको छ । संघ भित्र आर्थिक पारदर्शीता कायम गर्न पनि सुवेदीले महत्वपूर्ण योगदान गरेका छन् । संघले हरेक महिना गर्ने आम्दानी र खर्चको अनुमोदन कार्यसमिति बैठकमार्फत गर्ने व्यवस्था उनकै पहलमा भएको हो ।
उद्योग व्यवसायीहरूलाई परेका पिरमर्का र समस्यामा तुरुन्तै पुगिहाल्ने सुवेदीले व्यवसायीहरूको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न अस्पतालहरूमा छुट सुविधा उपलब्ध गराउने सम्झौता गरेका छन् । युवा व्यवसायी तथा उद्यमी तयार गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मिलेर बिजनेश इनक्यूबेशन सेन्टरमार्फत बुटक्याम्प सञ्चालनमा सहकार्य गर्ने काम अगाडि बढेको छ ।
संघका सदस्यता तथा नविकरणका लागि एप्स तयार गर्नेदेखि आन्तरिक राजश्व कार्यालय भरतपुरमा कर परामर्श तथा सहजीकरण केन्द्र स्थापना गर्न ठोस योजना अनुरूप काम अगाडि बढाउन सुवेदीको महत्वपूर्ण भूमिका छ ।
‘मैंले झण्डैं २० बर्षदेखि अनवरत रूपमा उद्योग बाणिज्य संघ चितवनमा बसेर व्यवसायीहरुको हक र हितमा लाग्दै संघलाई जिल्लाव्यापी रुपमा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छु, मेरो त्याग, तपस्या, अथक मेहनत र महत्वपूर्ण समय संघका लागि खर्चिएको छु ।’ अध्यक्षका उम्मेदवार सुवेदीले भने ‘कार्यसमिति सदस्य हुँदै बरिष्ठ उपाध्यक्षसम्म तपाईहरुले नै बनाउनुभएको हो, आशा छ यहाँहरुले अमूल्य मत दिएर हाम्रो टिमलाई विजयी गराउनुहुनेछ ।’
विभिन्न एक दर्जन सामाजिक संघसंस्थामा विभिन्न भूमिका रहेर काम गरिरहेका समाजसेवी सुवेदीको टिममा युवाहरु राजेन्द्र ओली बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार रहेका छन् । ओली उद्योग बाणिज्य संघका प्लानर मानिन्छन् । संघमा नयाँ नयाँ योजना बनाउन, सहकार्य गर्न र सबैभन्दा पोटेन्सिल नै ओली हुन् । सुवेदीको प्यानलमा अनुभवले खारिएका अशोक अधिकारी र नारायण प्रधान र राजन पिया उपाध्यक्ष उम्मेदवार छन् । खारिएको, अनुभवी र पौरखी सुवेदीको प्यानलसँग युवा व्यवसायीहरुको कुशल संयोजन देख्न सकिन्छ ।
अव्यवस्थित बजार र फुटपाथलाई व्यवस्थित बनाउँदै पार्किङ्गको उचित व्यवस्थापनमा पहल र सहकार्य गर्ने, आर्थिक शिथिलता भोगेर पलायन हुने खतरामा रहेका व्यवसायीलाई कर, घर भाडा तथा बैंकिङ्ग समस्या समाधान र राहातका लागि पहल गर्ने, व्यवसाय, घरवाहल,विज्ञापन कर तथा राजश्व तथा अन्तःशुल्क सम्बन्धी समस्या हल गर्न पहलकदमी र नेतृत्व लिने, आन्तरिक राजश्व कार्यालयमा राजश्व परामर्श तथा सहायक कक्ष पुनः स्थापना गर्ने, व्यवसायी राहात कोषमा क्षतिपूर्ति र राहातको रकम बृद्धि गर्ने लगायतका प्रतिवद्दता यो समूहले गरेको छ ।
सुवेदीको प्यालनमा महिला उद्यमी कार्यसमिती सदस्यमा सुनिता लिगल कर्माचार्य, उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, कृष्णकुमार महतो र सन्तोष देवकोटा छन् । यस्तैं, सुवेदीको प्यानलको बाणिज्यतर्फ अस्मिता तिमिल्सिना, गौरव श्रेष्ठ,नरेश खनाल, विष्णु लम्साल, मुकुन्दप्रसाद गौतम, श्रीकृष्ण लम्साल सदस्य उम्मेदवार रहेका छन् ।
पुस २१ गते संघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।






