काठमाडौँ, १४ पुसः
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आगामी संसदीय निर्वाचनमा पराजित गर्ने चेतावनी दिएका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत शृंखलाबद्ध टिप्पणी गर्दै साम्पाङले बालेनले जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिए पनि आफ्नो पार्टीले हराउने दाबी गरेका हुन्।
‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छन्, त्यहीँ हामी हराउनेछौं,’ साम्पाङले लेखेका छन्।
मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्नबाट संघीय निर्वाचन लड्ने तयारी गरे पनि कुन क्षेत्रबाट उठ्ने भन्ने टुंगो लागिसकेको छैन।





