काठमाडौँ १४ पुस
उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने तयारी थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको विषयमा वार्ता भइरहे पनि उज्यालो नेपाल पार्टीले छुट्टै बन्द सूची बुझाउने तयारी थालेको हो ।
आइतबार बेलुका रातिसम्म रास्वपाका सभापति रवि लामिछाने, बालेन शाह (बालेन्द्र) र कुलमान घिसिङबिच एकताबारे छलफल भए पनि वाता निष्कर्षविहीन भएको थियो ।
एकताबारे थप छलफल गर्ने भनिए पनि आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले छुट्टै सूची बुझाउने तयारीमा पार्टी लागेको उज्यालो नेपालका केन्द्रीय सदस्य जीतराम लामाले जानकारी दिए ।
लामाले पार्टीले आज समानुपातिकको सूची बुझाउने तयारी गरिरहेको बताए । ‘दुई पार्टीबिच वार्ता जारी रहन्छ तर उज्यालो नेपालले छुट्टै समानुपातिक बन्द सूची बुझाउने गरी अन्तिम तयारी गरिरहेको छ’ लामाले भने ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार





