चितवन,पुस ११-
नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार अति ठूलो अण्डा प्रति क्रेट ५३०, ठूलो अण्डा ५१५ र मिडियम अण्डा प्रति क्रेटलाई ५ सय रुपैयाँ समर्थन मूल्य तोकेको छ ।
संघले तीन प्रकारकै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँ घटाएर नयाँ समर्थन मूल्य सार्बजनिक गरेको हो । यसमा ढुवानी भाडा प्रति पेटी १३० अतिरिक्त लाग्ने संघले जनाएको छ । यसअघि संघले गत् मंसिर २३ गतेदेखि लागु हुने गरी अति ठूलो अण्डाको समर्थन मूल्य ५८०, ठूलो अण्डाको ५६५, मिडियमको ५५० र सानो अण्डा प्रति क्रेट ४६४ रुपैयाँ सार्वजनिक गरेको थियो ।
संघले गत महिनामा २३ मंसिर, १३ मंसिर, ७ मंसिर र ३ मंसिरमा गरी चार पटकसम्म अण्डाको समर्थन मूल्य सार्वजनिक गरेको थियो । मंसिर २३ गते सार्वजनिक गरिएको अण्डाको समर्थन मूल्य अहिलेसम्मकै अत्याधिक भएको भनेर संघको चौतर्फी आलोचनासमेत भएको थियो ।






