काठमाडौँ, १० पुस:
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सञ्चारकर्मीसँग बिहीबार भेटघाटका क्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरेको भए पनि सफलता प्राप्त नभएको अवगत गराउँदै १५औँ महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरे ।
पार्टीभित्र कुन समूहबाट उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा उनले भने, “महामन्त्रीको उम्मेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ, अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन, तर मुलुकको वतर्मान परिस्थिति र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुन्छ ।”
तपाईको पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤°à¤¿à¤¯à¤¾
समà¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ समाचार






