काठमाडौं, पुस १०-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने बताएका छन् ।
बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी निर्वाचन नलड्ने घोषणा सुनाउँदै शर्माले यस्तो बताएका हुन् ।
उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको यस्तो प्रवृत्ति भत्काउन जरुरी रहेको बताए ।
उनले तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नहुने बताएका छन्।
‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु,’ उनले भने, ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ।’
तपाईको पà¥à¤°à¤¤à¤¿à¤•à¥à¤°à¤¿à¤¯à¤¾
समà¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ समाचार






