काठमाडौं, पुस ६ –
जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षीय सरकार आजको आवश्यकता भएको बताए ।
उनले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताए । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उनको आरोप छ । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उनले बताए ।
उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका समेत व्यक्त गरे । उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठुलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे ।
उनले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार






