भरतपुर । लोकप्रिय कलाकार शान्ति श्री परियार र गोपाल सापकोटाको आवाजमा रहेको नेपाली लोकदोहोरी गीत “काली गङ्गा सलल” सार्वजनिक भएको छ ।
उक्त गीत सङ्गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
प्रेम रसमा आधारित यस गीतमा सङ्गीत गोपाल सापकोटाले गरेका छन् भने शब्द अमृत गौतमले लेखेका हुन् । गीता ढुङ्गाना, सुरेश कोली, सम्पदा अम्गाई, अमृत गौतम र प्रवीन सुवेदीको नृत्य तथा अभिनय रहेको यस गीतलाई छायाँङ्कन रजेश घिमिरेले र निर्देशन स्मृति तिमिल्सिना “गुरुआमा” ले गरेका हुन् ।
गायक सापकोटाका एक दर्जन हाराहारीमा गीतहरू बजारमा आएका छन् । जस मध्ये यस भन्दा आगाडि बजारमा आएका तोरी पेले तेल, गोजी रित्तै छ, हजार जुनी जुनी, रैछेउ रनैपनि, तिम्रो याद आउँदा लगायतका गीतहरू लोकप्रिय बनेका छन् ।






