चितवन , मंसिर ९ –
भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।
आज मंगलबार बिहान ७ बजेतिर भरतपुरको मालपोत चोकमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको भारतीय ग्याँस बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक लमजुङको मध्यनेपाल नगरपालिका–३ बस्ने ५२ वर्षीय राजकुमार श्रेष्ठ समान्य घाइते भएका छन् भने पछाडि सवार उनकी छोरी १८ वर्षीया राईना श्रेष्ठ गम्भिर घाइते भएकि थिइन् ।
गम्भिर घाइते भएकी राईना श्रेष्ठको उपचारका क्रममा बिहान ८:४७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
राजकुमारको भने पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ। दुबै सवारी साधन र बुलेट चालक जि.प्र.का. चितवनको नियन्त्रणमा छन्। श्रेष्ठको शव पुरानो मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ ।















