मंसिर ४, भरतपुर ।
नारायणी नदीको पुलमा दुई रात सवारीसाधन चलाउन रोक लगाइएको छ ।
नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने नारायणी पुलको पश्चिम (नवलपुर) तर्फको एप्रोच सडक कालोपत्रका लागि मंसिर ५ र ६ गते राति सवारीसाधन चलाउन रोक लगाइएको छ । राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने नारायणगढ बुटवल सडक (पूर्वी खण्ड) ले जनाएको छ ।
बुटवलबाट नारायणगढतर्फ छिर्ने सवारीसाधनहरू थुम्सीदेखि भेडाबारीमा र ठूला मालबाहक सवारीसाधनहरू बेल्डिहादेखि प्रगतिनगरमा रोकिने छ ।
मुग्लिन–नारायणगढ सडकको रामनगरदेखि जुगेडी र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङमा रोकिने छ ।
मालबाहक सवारीसाधनको हकमा मुग्लिन–नारायणगढ सडकको जुगेडीदेखि दासढुंगा र पूर्वपश्चिम राजमार्गको गोन्द्राङदेखि टिकौलीमा रोकिने छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















