भरतपुर कार्तिक २७
भरतपुर महानगरपालिका वडा नं–२३, जगतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
७ नम्बर चोकदेखि कसरा चोकतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ३–००१ ग ००२९ नम्बरको लक्ष्मी माविको स्कुल बसले विपरीत दिशाबाट जादै गरेको ना ६० प ३२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर–६, बछौली बस्ने ३३ वर्षीय सुरेश महतोको पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुरमा मृत्यु भएको हो ।
दुवै सवारी साधन र बस चालक भरतपुर–२३ बस्ने ४३ वर्षीये सुखबहादुर दरैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।














