चितवन, कार्तिक २५
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बागमती प्रदेशको प्रमुखमा चितवनका सीए सन्तोष रेग्मी निर्वाचित भएका छन् ।
संघको ३६औं कार्यसमिति निर्वाचनबाट रेग्मी प्रदेश प्रमुखमा निर्वाचित भएका हुन् ।
यस्तै प्रदेश समितिको सचिवमा विशाल भट्टराई र कोषाध्यक्षमा अंकित अर्याल निर्वाचित भएका छन् । सदस्यमा सुस्मिता पाण्डे चयन भएकी छन् ।
यसैगरि संघको चितवन जिल्ला कार्यसमिति पनि चयन गरिएको छ । चितवन जिल्ला अध्यक्षमा लक्ष्मण अधिकारी, उपाध्यक्षमा सुमित कँडेल, सचिवमा अनुप अर्याल र कोषाध्यक्षमा कमल सुवेदी चयन भएका छन् । सदस्यहरुमा रोशन खड्का, अजय पाण्डे र कविता चौधरी चयन हुनु भएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














