चितवन, ५ असार-
चितवनको ईच्छाकामना गाँउपालिका ६ चारकिलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ ।
प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो ।
सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार