भरतपुर,असोज २१-
जमरा सेलाउन गएका एक पुरुषलाई नारायणी नदीले बगाएको छ । आज बिहान करिब ७ बजेको समयमा भरतपुर महानगरपालिका १६ फुर्तिचोक बस्ने ५५ वर्षिय गोपाल शर्मा पौडेल भगेरीथानस्थित नदी किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएको थियो । उनि ना ६१ प ४९३६ नम्वरको स्कुटर चढेर नदी किनारमा जमरा सेलाउन पुगेका थिए । उनको खोजीका लागि वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोली खटिएको थियो । शर्माको शव सानोगढी किनारमा फेला पारिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
जमरा सेलाउन गएका पुरुष नारायणी नदीमा डुबे
जमरा सेलाउन गएका पुरुष नारायणी नदीमा डुबे

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार