नवलपुर, भदौ ८-
नवलपुरको गैडाकोटमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलको बीचमा गैडाकोटबाट नारायणगढतर्फ जाँदै गरेको ना १ क ५१९९ नम्बरको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ४ बस्ने बर्ष २३ को मुनाल दाहालको मृत्यु भएको छ ।
त्यसैगरी मोटरसाइकल पछाडि सवारी गैडाकोन ४ निवासी २७ बर्षीय प्रतिक घिमिरे सामान्य घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको हो ।
ट्रकले मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको थियो ।
ठक्कर दिने ट्रक र ट्रक चालक सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ९ निवासी ३५ बर्षीय तुक्तबहादुर आले मगर चितवन प्रहरीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।