भरतपुर भदौ ८
मानव अधिकार एलाइन्स चितवन शाखाले मानव सेवा आश्रम नारायणगढका वृद्धवृद्धालाई दुर खुवाउने कार्यक्रम गरेको छ ।
एलाइन्स चितवन शाखाका अध्यक्ष किशोर खनालले तीजको अवसरमा महिलाहरुले खुसीयाली साटिरहँदा आश्रमका वृद्धवृद्धालाई दर खुवाएर खुसीयाली साट्ने काम गरेको बताए । उनका अनुसार आश्रममा रहेका एक सय बढी वृद्धवृद्धालाई एक छाक साँझको भोजन ग्रहण गराइएको थियो ।
तीज र दरखाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् । यो खुसीयालीमा आश्रमका वृद्धवृद्धा पनि अटाउन सकून भन्ने उद्देश्यले दर खुवाउने कार्यक्रम गरिएको अध्यक्ष खनालले बताए । कार्यक्रममा एलाइन्स चितवनका बागमती प्रदेश सदस्य कोपिला दवाडी ढकाल, कमला गजुरेललगायतको उपस्थिति थियो ।
प्रदेश सदस्य कोपिला दवाडीले मानव अधिकार एलाइन्स यस्ता सामाजिक काममा अग्रसर हुने बताइन्