चितवन,भदौ ७-
असारदेखि सम्पर्कविहीन अछाम साँफेबगर नगरपालिका–३ निवासी शिक्षक जगतबहादुर कुँवर अझै फेला पर्न सकेका छैनन् । ५५ वर्षीय कुँवर पछिल्लो समय उपचारका लागि छोरा युवराजसँग काठमाडौंको अनामनगरमा बस्दै आएका थिए । असार १७ गते मर्निङवाकका लागि निस्कभएका बुवा अझै सम्पर्कमा आउनुभएको छैन, उनले भने, सोही दिन बेलुकाको सीसीटीभी फुटेजमा कुरिनटार क्षेत्र हुँदै चितवनतिर पैदल जाँदै गरेको देखिनुभएको थियो ।
कुँवरका परिवारले उनको खोजीका लागि आग्रह गरेका छन् । बुबालाई कसैले देखेमा नजिकको प्रहरीलाई वा हामीलाई सम्पर्क गरिदिनुहोला,छोरा युवराजले भने ।