चितवन ५ भदौ,
भरतपुर -२ क्षेत्रपुर चितवनमा रहेको फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालय संग संबंधन लिएर बिबिए कार्यक्रम यस वर्ष देखि संचालन गर्ने भएको छ । ६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम संचालन भैरहेको र यस वर्षका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी गराउनु भयो ।
छात्रबृतिबाट जेहेन्दार, गरिव , जनजाति, शहीद परिवार , अल्पसंख्यक,फ़रक क्षमता भएका आदि विद्यार्थीहरू लाभान्वित हुन सक्ने छन् । साथै पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रबृति रहेको पनि जानकारी प्राचार्य पाठकले गराउदै समयमा नै कलेजमा सम्पर्क गर्न विद्यार्थी तथा अभिभावकलाई आव्हान गर्नू भएको छ ।
कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सैध्दान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक शिक्षा , अतिरिक्त क्रियाकलाप , इण्डस्ट्रीयल एक्सपोजर , व्यक्तिगत विकास, बिज़नेस स्टार्टअप आदिको माध्यमबाट अध्यापन गराउने र पास भएका संपूर्ण विद्यार्थीहरुलाई आफ्नै व्यवसाय गर्न ,रोजगारी प्राप्त गर्न विभिन्न संघ , संस्था आदि संग समन्वय गरी सहयोग गर्रनकलेजले जनाएको छ।