चितवन, भदौ १
कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर शिक्षा केन्द्र, निर्देशनालयको संयोजनमा एडीबी सथ गुरु र जेन्नेक्सको सहकार्यमा दुई दिने तालिम सम्पन्न भएको छ । एएमआर र वन हेल्थ प्रोमोसन सम्बन्धी दुई दिने तालिम जनकपुरमा सम्पन्न भएको हो ।
मधेश प्रदेश र बागमती प्रदेशका विभिन्न स्थानीय तह, प्राविधिक शैक्षिक संस्था, निजी तथा सरकारी सेवामा कार्यरत रहेका दर्तावाल पशु चिकित्सक गरी ३० जनाको सहभागितामा तालिम सम्पन्न गरिएको निरन्तर शिक्षा केन्द्रले जनाएको छ ।
तालिमको पहिलो दिन शिक्षा केन्द्रका प्रमुख डा.ओम प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने विश्वविद्यालयका विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्णप्रसाद थपलियाले स्वागत मन्तव्य राखेका थिए ।
उक्त दुई दिने तालिमको पहिलो दिनको कृष्ण प्रसाद थपलिया, डा.पारिस थापा, डा. कृष्ण देव दास र डा. अमर चौधरीले आआफ्नो प्रस्तुती दिएका थिए।
तालिमको दोश्रो दिन डा. नित्या (सथ गुरु कन्सल्टेन्स) र मान बहादुर (जेन्नेक्स) बाट एएमआरको चुनौती र समाधानका उपाय विभिन्न दक्षिण एशियाली मुलुकका गतिविधिबारे प्रष्ट पारेका थिए ।
साथै सहभागी तर्फबाट डा.विनोद यादव तालिमको रिक्यापमा पहिलो दिनको सिकाई, बुझाई र आफ्नो अनुभव उल्लेख पारे ।
दोश्रो दिनको तालिमको अन्त्यतिर यसै विश्वविद्यालयका निरन्तर शिक्षा केन्द्र (सिईसि) निर्देशनालयका निर्देशक डा.ओम प्रकाश सिंहले एएमआर र वन हेल्थको बारेमा महत्व, चुनौती र समाधानका पक्षहरूलाई जोड दिए ।
सहभागितर्फबाट डा.जुही ठाकुरले यस तालिमबाट सिकेका बुझेका विभिन्न जानकारीहरूलाई कृषक स्तर समक्ष पुर्याई र आफूहरू पनि सर्तक रहि एएमआर गतिविधिलाई न्यूनिकरण गर्नेमा जोड दिदैँ वन हेल्थलाई प्रवर्द्धन गर्ने तर्फ प्रतिवद्धता जनाए ।