चितवन, जेठ २ –
नारायणी नदीमा डुबिरहेका दुई महिलाको उद्दार गरिएको छ ।
भरतपुर महानगरपालिका ३ स्थित सामुदायिक भवन नजिक नारायणी नदीको झोलुङगे पुल मुनिबाट अन्दाजी ३२ वर्षीया र ४० वर्षीया महिलाहरुको बिहीबार दिउँसो ३ बजे प्रहरीले उद्दार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नदी किनारमा जमेको पानिमा डुबेको अवस्थामा स्थानीयले उनीहरुलाई देखेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी टोलीले उनीहरुको उद्दार गरी उपचारको लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको छ । उनीहरुको पहिचान खुल्न सकेको छैन ।
दुबैजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।