Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

गैँडाकोट साउन २६
अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘अक्सफोर्ड मेला २०२५’ गैँडाकोटस्थित कलेज प्राङ्गणमा भव्य रूपमा सुरु भएको छ।

तीन दिनसम्म सञ्चालन हुने यस मेलाको उद्घाटन पोखरा विश्वविद्यालय व्यवस्थापन विभागका डिन, एसोसिएट प्रोफेसर डा. दयाराज ढकालज्यूले गर्नुभयो। उद्घाटन सत्रमा उहाँले अक्सफोर्ड कलेजलाई पोखरा विश्वविद्यालय अन्तर्गतको सर्वोत्कृष्ट शैक्षिक संस्थामध्ये एक रहेको उल्लेख गर्दै, अध्ययन-अध्यापनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा यसको योगदान प्रशंसनीय भएको बताउनुभयो। साथै, मेलाले विद्यार्थीहरूलाई नवप्रवर्तन, अनुसन्धान र व्यावहारिक सीप विकासमा संलग्न हुन प्रेरणा दिने अपेक्षा व्यक्त गर्नुभयो।

गैँडाकोट नगरपालिकाका नगर प्रमुख श्री मदनभक्त अधिकारीज्यूले अक्सफोर्ड कलेजको विभिन्न सामाजिक र शैक्षिक पहलले गैँडाकोटको प्रतिष्ठा उच्च बनाएको उल्लेख गर्दै, गैँडाकोटलाई शैक्षिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न यस मेलाले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।

गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री अमृत भट्टचनज्यूले मेलाले विद्यार्थीको क्षमता विकासमा कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्दै, वैदेशिक शिक्षातर्फको बढ्दो प्रवृत्ति न्यूनीकरण गर्न नीतिगत पहल आवश्यक रहेको बताउनुभयो।

यस अवसरमा प्रज्ञा एकेडेमी, मध्यविन्दु बहुमुखी क्याम्पस, वाइज भिजन स्कूल, सेन्ट्रल इङ्लिस स्कुल, नोबेल एकेडमी, सिद्धि विनायक आवासीय माध्यमिक विद्यालय, नेपाल आदर्श शिक्षा सदन, ग्लो साइन एकेडमी, मदरल्याण्ड एकेडमी, ओशन एकेडमी र भ्याली स्टेट कलेजलगायत ११ प्रतिष्ठित शैक्षिक संस्थासँग अक्सफोर्ड कलेजबीच शैक्षिक सहकार्यसम्बन्धी सम्झौता (MOU) हस्ताक्षर गरिएको छ। कलेजका प्राचार्य प्रा. डा. ई. हरि भण्डारीज्यूले सम्झौता अन्तर्गत शिक्षक तथा कर्मचारी तालिम, विद्यार्थी तालिम, गेस्ट क्लास, प्रयोगशाला तथा स्रोतको साझेदारी र पुस्तकालय पहुँच जस्ता पहलहरू सञ्चालन गरिने जानकारी दिनुभयो। साथै, यस वर्ष २५ विद्यालयसँग सहकार्य गर्ने लक्ष्य राखिएको समेत बताउनुभयो।

अक्सफोर्ड कलेजका सहायक प्राचार्य कृष्णहरि पौडेलज्यूले उद्घाटन सत्रका सम्पूर्ण गतिविधि सुमधुर र समन्वित ढंगले सञ्चालन गर्दै, कक्षा १२ पास गरेपछि सीपबिना विदेश जानुभन्दा देशमै अध्ययन गर्दै दक्षता हासिल गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। मेलामा कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, बिजनेस पिच प्रतियोगिता, मोकटेल, कुकिङ विथआउट फायर, आर्ट तथा पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ च्यालेन्ज, प्यानल डिस्कसन, करियर गाइडेन्स सेसन, पब्जी टुर्नामेन्ट र बास्केटबल टुर्नामेन्टसहित १३ विविध कार्यक्रम समावेश छन्। पहिलो दिन पब्जी र बास्केटबल प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति सम्पन्न भएका छन् भने आगामी दिनहरूमा शैक्षिक प्रदर्शनी, नृत्य–संगीत, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू हुनेछन्।

वि.सं. २०५७ सालदेखि पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गर्दै उच्च शिक्षा क्षेत्रमा प्रवेश गरेको अक्सफोर्ड कलेजले हाल स्नातक तहका ६ र स्नातकोत्तर तहको १ कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टता कायम राख्दै आएको यस कलेजले डीन लिस्ट, गोल्ड मेडल तथा राष्ट्रियस्तरका उपलब्धिहरू हासिल गर्दै आफ्नो शैक्षिक पहिचान मजबुत पारेको छ।

 

Chitwan Aaja चितवन आज
सोमबार, साउन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी
कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

ताजा समाचार

सबै

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

कारागारबाट भागेका पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

चितवनमा व्यावसायिक सयपत्री फूल उत्पादन

मेरा सच्चा समर्थक बन्न चाहनेले अरूलाई गाली गर्नु हुन्न है: मेयर हर्क

हेर्नुस आज मिति २०८२ साल असोज २७ गते सोमबारको राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech