Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, मंसिर ११, २०८२
☰
Logo बिहिबार, मंसिर ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४. हेर्नुस तपाईंको आजको राशीफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

  • ८. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ सङ्क्रमित

नारायणगढ, १५ साउनः
चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन् । भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला सङ्क्रमित देखिएका छन् ।

अन्य जिल्लाबाट आएका बिरामीमध्ये १७८ पुरुष र ३१८ महिला रहेका छन् । गत आर्थिक वर्षमा कूल सात हजार ९५ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो ।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना फैलाउनुका साथै समयमै उपचार गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सरसफाइमा विशेष ध्यान दिन, झाडी क्षेत्रबाट बच्न र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

उहाँले यही साउनमा मात्रै ४७८ जनाको परीक्षणमा ३० जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । तीमध्ये केही जिल्लाभित्र कै र केही अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन् । खासगरी वर्खाको समयमा यो रोगको सङ्क्रमण बढी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेपछि मुसाहरू घर, गोठ वा ओवानोमा पस्ने गर्छन् । त्यस क्रममा तिनको शरीरमा रहेका किर्ना खसेर मानिसलाई टोकेमा सङ्क्रमण हुने सम्भावना हुन्छ ।”

उहाँले अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गरिएका तीन हजार आठ सय जनाको परीक्षणमा पाँच सय ५२ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

चितवनमा स्क्रब टाइफसको पहिलो रिपोर्टिङ विसं २०७२ मा भएको थियो । भेक्टर कन्ट्रोल निरीक्षक केसीका अनुसार परीक्षणको दायरा विस्तार हुँदै जाँदा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७६÷७७ मा एक हजार पाँच सय १६ जनाको परीक्षण गर्दा एक सय २७ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी, २०७७÷७८ मा दुई हजार दुई सय ९० जनामध्ये तीन सय १८ जना, २०७८÷७९ मा तीन हजार दुई सय ८६ परीक्षणमध्ये दुई सय ६८ जना र आर्थिक वर्ष २०७९÷८० मा तीह जार चार सय ६१ जनाको परीक्षणमा पाँच सय तीन जनामा सङ्क्रमण देखिएको थियो ।

स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

केसीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुशी नामक जीवाणुबाट लाग्ने हो । माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घर वरिपरिको फोहर क्षेत्रमा पाइन्छ । रोग नियन्त्रणका लागि उहाँले खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भुइँमा सुत्न वा बस्न नहुने सुझाव दिनुभयो । मुसा नियन्त्रणका लागि अन्न भण्डारण सही ढङ्गले गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

रोगका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्गहरू प्रभावित हुने, तथा कीराले टोकेको स्थानमा रातो दाग देखिने र पछि कालो दाग बस्न सक्ने रहेका भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिनुभयो ।
—

Chitwan Aaja चितवन आज
बिहिबार, साउन १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
सनराइज स्कुलको ३८औँ वार्षिकोत्सव, ७२ जनाले गरे रक्तदान
पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

ताजा समाचार

सबै

पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

सनराइज स्कुलको ३८औँ वार्षिकोत्सव, ७२ जनाले गरे रक्तदान

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

ग्रीनल्याण्ड स्कुलमा तीन दिन चल्ने खेलकुद सम्मेलन सुरु

एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु :मुख्यसचिव अर्याल

चितवन सहितका राष्ट्रिय निकुञ्जमा गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech