बिनिता रेग्मी
भरतपुर, साउन १३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले आजबाट सार्वजनिक सवारी साधनमा व्यानर टाँस्ने अभियान सुरु गरेको छ ।
भरतपुरको चौबिसकोठी रहेका अटो, म्याजिक लगायत विभिन्न सवारी साधनमा उक्त व्यानर टाँसेर कार्यक्रम सुरु गरेको भरतपुर महानगर कमिटीका कोषाध्यक्ष आकांक्षा पोखरेलले बताइन् ।
उनका अनुसार यो अभियान निरन्तर चलिरहने छ र हाल सम्म चितवनमा मात्रै २ लाख हस्ताक्षर संकलन गरिसकेको बताइन् ।
पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले त्यसका विरुद्ध हाल देशव्यापि हस्ताक्षर अभियान पनि चलाइरहेको छ ।
चितवनको चौबिसकोठीमा दैनिक बिहान ७ बजे देखी बेलुका ७ बजेसम्म हस्ताक्षर सङ्कलन गरिएको छ ।
लामिछानेको निर्वाचन क्षेत्रमा रास्वपाका नेता समर्थकहरु जनताको घर दैलोमा पुगेर हस्ताक्षर सङ्कलन गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार