चितवन,८ साउन ।
नेपाल पत्रकार महासंघ चितवन शाखालले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ ।
शाखामा आबद्ध पत्रकारहरुको स्वास्थ्य उपचारमा आर्थिक सहयोग गर्ने उद्धेश्यले अक्षय कोष स्थापना गरिएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुलीले अक्षयकोषमा २५ हजार रुपैयाँ जम्मा गरेर कोषको सुरुवात गरेका छन् । पराजुलीले उक्त रकम शाखाका कोषाध्यक्ष कृष्ण आचार्य र सचिव राजेश घिमिरेलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।
महासंघले पहिलो चरणमा कोषको रकम १० लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेको अध्यक्ष पराजुलीले बताए । ‘कोषको रकम बढाउँदै निकट भविष्यमा एक करोड रुपैयाँ पु¥याउने हाम्रो योजना हो’, उनले भने, ‘कोषको रकमबाट आपतविपद् र विभिन्न रोग लागेर उपचारमा समस्या भएका पत्रकारलाई आर्थिक सहयोग गरिनेछ ।’
महासंघले यस अभियानमा जोडिन सबैलाई सार्वजनिक रुपमा आह्वान समेत गरेको छ । अक्षयकोषको लागि सहयोग गर्न चाहनेले पत्रकार महासंघ चितवन शाखाको प्राइम बैंक भरतपुर शाखामा रहेको खाता नम्बर ००३०१००००००१७२४००१७० मा रकम जम्मा गर्न सकिन्छ । बैंक खाताको नाम रहेको छ ।
अक्षयकोषमा जम्मा भएको रकम र जम्मा गर्नेको नाम पत्रकार महासंघ चितवन शाखाको वेवसाइट र फेसबुक पेजमार्फत सार्वजनिक पनि गरिने छ ।