Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

सुक्नथाले रोपो : नारायणी लिफ्टले तानेको पानी पर्याप्त भएन

चितवन,साउन ८-
साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ ।

धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइ ढिलाइ भएको छ । खोलानाला र नदीमा पानीको सतह घटेपछि किसान पालो मिलाएर सिँचाइ गर्न बाध्य छन् ।

भरतपुर महानगरपालिका अन्तर्गत पश्चिम चितवनका क्षेत्र नारायणी लिफ्ट सिँचाइ प्रणालीमा निर्भर छन् । खगेरी खोलामा पानी सुक्न थालेपछि नारायणी लिफ्टको पानी खगेरीको नहरमा हालेर सिँचाइ गर्नुपर्ने अवस्था आएको छ ।

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले हाल पश्चिम चितवनका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइरहेको छ । कार्यालयका प्रमुख कुलराज चालिसेले खडेरीका कारण किसानको मागअनुसार २४ घण्टा नहरमार्फत पानी छोडिएको जानकारी दिए ।

उनले भने, “पानी परेको भए सिँचाइको माग घट्थ्यो, तर खडेरीका कारण नहर नियमित सञ्चालन गर्नुपरेको छ । नदीमा बेला–बेलामा लेदो आउँदा पम्पमा समस्या आउने गरे पनि सिँचाइ सेवा निरन्तर छ ।”

प्रमुख चालिसेले खगेरी खोलामा पानी सुकेको अवस्थामा नारायणी लिफ्टको पानी खगेरीको नहरमार्फत पठाइएको बताए । ‘बी’ क्यानालको उपशाखा नहरमध्ये बीएल–६ बाट खगेरीको मूल नहरमा पानी पठाउन थालिएको उनले जानकारी दिए ।

नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ । उक्त क्षेत्रमा ९० प्रतिशत रोपाइ सम्पन्न भइसकेको छ । खगेरी सिँचाइले तीन हजार ९०० हेक्टर क्षेत्रमा सेवा पु¥याउँदै आएको छ ।

“सारदानगर, शिवनगर, पार्वतीपुर, जयनगरलगायतका क्षेत्रमा रोपाइमा समस्या देखिएको छ,” उनले भने, “खडेरीका कारण खगेरी सिँचाइ अन्तर्गत हालसम्म ७० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको छ ।”

गत असार १० गतेदेखि नारायणी लिफ्टबाट सिँचाइका लागि पानी छोडिँदै आएको हो । भूमिगत सिँचाइसँग संयोजन गर्दै सतह सिँचाइ गरिएको किसानका लागि उपयोगी देखिएको उनको भनाइ छ ।

नारायणी लिफ्टमा तीन वटा क्यानाल छन् ‘ए’ क्यानाल (५ सय मिटर), ‘बी’ क्यानाल (१९ किमी), र ‘सी’ क्यानाल (१६.५ किमी) रहेको छ । ‘बी’ नहर यज्ञपुरी, नारायणपुर, तोरीखेत हुँदै फूलबारीसम्म पुग्छ भने ‘सी’ नहर बसेनी, गोन्द्राङ, बन्देवी, काँडाघारी, गौरीगञ्ज क्षेत्रको सिँचाइमा प्रयोग हुँदै आएको छ । खगेरी खोलाबाट देवनगर, गीतानगर, पार्वतीपुरलगायतका क्षेत्रमा सिँचाइ हुँदै आएको छ ।

भरतपुर–१ मा रहेको जोरकुसुम उद्यान नजिकै नारायणी नदीबाट पानी तानेर मुख्य नहरमार्फत सिँचाइ गरिन्छ । हाल रत्ननगरस्थित खगेरी खोलाबाट बिसहजारी ताल हुँदै आउने खगेरी सिँचाइ आयोजनामा पानी सुक्दै गएको छ । त्यसपछि राधापुरदेखि नारायणी लिफ्टको पानी खगेरीमा मिसाएर मङ्गलबारदेखि कमाण्ड क्षेत्रमा पठाउन थालिएको हो ।

पश्चिम चितवनका किसान एवम् खगेरी सिँचाइ आयोजनाका उपाध्यक्ष खिलराज रेग्मीले खडेरीका कारण आकाशे पानी कुरेर धान रोप्नुपर्ने बाध्यता आएको बताए । “खोलामा पानी सुक्यो । खडेरीका कारण धान रोप्न पाइएन,” रेग्मीले भने, “नारायणी लिफ्टको पानी आएपछि केही राहत मिलेको छ, तर नहरमा पनि पानीको मात्रा पर्याप्त छैन ।”

किसानले आलो पालो पालना गरे पनि समयमा पर्याप्त पानी नपाइरहेको गुनासो गर्ने गरेको उनले बताए ।

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि समितिको निर्णयअनुसार खगेरीमा पानी पठाइएको जानकारी दिए ।

उनले भने, “सतह सिँचाइको क्षेत्रमा खडेरीका कारण रोपिएका रोपो समेत सुक्न थालेका छन् ।”

जिल्लामा हालसम्म ८७.६० प्रतिशत रोपाइ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार अधिकांश पालिकामा रोपाइ सकिए पनि भरतपुर महानगरको पश्चिम क्षेत्रमा अझै रोपाइ बाँकी रहेको छ । खडेरीको असरले कतिपय ठाउँमा रोपिएका धानसमेत सुक्नथालेको उनले जानकारी दिए ।

जिल्ला भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख विश्ववन्धु केसीका अनुसार भूमिगत सिँचाइले धान रोपाइमा राहत दिएको छ । तर हाल ट्युबवेल सञ्चालनका लागि दिउँसो आवश्यक पर्ने विद्युत् भोल्टेज नपुग्ने समस्या देखिएको छ, यसका कारण किसान रातिको समयमा मात्र सिँचाइ गर्न बाध्य भएका छन् ।

उनका अनुसार सतह सिँचाइका नहरमार्फत बग्ने पानीले भूमिगत जलस्रोत पुनःभरिने (रिचार्ज हुने) भएकाले सतह सिँचाइको प्रभाव भूमिगत सिँचाइमा पनि देखिएको छ । यस संयोजनात्मक सिँचाइ पद्धतिले खडेरीका बेलामा राहत पु¥याएको उनको भनाइ छ ।रासस

Chitwan Aaja चितवन आज
बिहिबार, साउन ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.