चितवन, साउन ०६
स्टुडेन्ट वल्र्ड चितवन शैक्षिक परामर्श संस्थाले मंगलबारबाट भरतपुरमा सेवा शुभारम्भ गरेको छ ।
मङ्गलबार आयोजित एक कार्यक्रममा भरतपुर महानगरपालिका– १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गरेका थिए भने कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उज्जव भविष्यको खोजीका लागि प्लस टू गर्ने बित्तिकै विदेश जाने चलन रहेकाले स्नातकसम्मको अध्ययन देशमै पुरा गरेर जाँदा राम्रो हुने बताए ।
स्टूडेन्ट वोल्ड चितवनले अमेरिका, अष्ट्रेलिया, न्यूजलेण्डलगायतका १४ वटा देशका विश्व विद्यालयहरुमा विद्यार्थी पठाउने कार्यक्रममा जानकारी दिएको छ ।
वोल्डका कार्यकारी निर्देशक रविन वोल्डले सन् २००८ वाट सेवा शुरु गरेको वोल्डका अहिले २४ वटा देशमा शाखा रहेको जानकारी दिए ।
नेपालमा भने काठमाडौँपछि चितवन वोल्डको दोस्रो शाखा हो । वोल्डले विद्यार्थीहरुको सपना साकार बनाउने लक्ष्य लिइएको कार्यकारी निर्देशक रविनले बताए ।