नवलपुर असार २६
रोजगारीको सिलसिलामा माल्टामा बस्दै आएका नवलपुरको देवचुली नगरपालिका–१३, दलदलेका युवा रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर ज्यान गएको छ ।
विगत २० महिनादेखि माल्टाको ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका उनी २०७९ सालदेखि रोजगारीका लागि त्यहाँ पुगेका थिए। २०२५ जुलाई ८ तारिख, बिहान १ बजे माल्टाको Sleima Beach Side मा पौडी खेल्ने क्रममा उनी समुद्रमा डुबेका थिए।१९९९ नोभेम्बर २१ मा जन्मिएका न्यौपानेको निधनको खबरले माल्टा निवासी नेपाली समुदायसहित नेपालस्थित परिवार, आफन्त र शुभेच्छुकहरूलाई गहिरो पीडा दिएको छ।
शव नेपाल ल्याउनका लागि हाल Go Get Fund अभियानमार्फत आर्थिक सहयोग संकलन सुरु गरिएको छ।स्व। रोबर्ट न्यौपानेको पार्थिव शरीर सकेसम्म चाँडो नेपाल ल्याएर अन्त्येष्टि गर्न उनका आफन्तजनले सबै नेपालीहरूमा सहयोगको अपिल गरेका छन्।