भरतपुर जेठ १७
भरतपुर महानगरपालिका वडा नं–१, बागेश्वरी मन्दिरअगाडि स्कुटर अनियन्त्रित भई पल्टिएर सडकछेउको डिभाइडरमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
आँपटारीबाट देवघाटतर्फ जाँदै गरेको ना ६३ प ७७१ नम्बरको स्कुटर दुर्घटनामा चालक भरतपुर–११ बस्ने ४४ वर्षीय उत्तरबहादुर गुरूङ र स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने १९ वर्षीय उपेन्द्र गुरूङ घाइते भएका हुन् ।
घाइते दुवै जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा चालकका दाइ विकाश गुरूङ संलग्न रहेका छन् ।
स्कुटर वडा प्रहरी कार्यालय, नारायणगढको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।