Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

नारायणघाट-बुटवल सडक विस्तारमा ढिलाइ हुँदा सौराहाको पर्यटन व्यवसाय धरासायी

चितवन, जेठ १४-
पश्चिम नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिको काम ढिलो हुँदा चितवनका होटल व्यवसाय धरासायी बनेको छ ।

तोकिएको समयसीमाभित्र स्तरोन्नतिको काम पूरा नहुँदा बुटवल–नारायणघाट सडकखण्ड आसपासका होटलसहित देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित सौराहाका होटल व्यवसायी समेत प्रभावित भएका हुन् ।

प्रभावित होटल व्यवसायीहरूले सो सडकखण्ड प्रयोग गरी यात्रा गर्ने आमसर्वसाधारणसहित नेपालको पर्यटन उद्योगमा प्रमुख हिस्सा ओगट्ने भारतीय पर्यटकसमेत चितवनका पर्यटकीयस्थलहरूको भ्रमण गर्नबाट वञ्चित हुन पुगेपछि त्यसको प्रत्यक्ष असर सौराहाका होटल व्यवसायीमा परेकाले जारी सडक स्तरोन्नतिको काम यथासक्य छिटो सम्पन्न गर्न नेपाल सरकारसहित सम्बद्ध निर्माण व्यवसायीसँग अनुरोध गर्नुभएको छ ।

क्षेत्रीय होटल सङ्घ चितवन (हान)ले पटकपटक म्याद थप्दा पनि सो बाटोको स्तरोन्नतिका काम पूरा गर्न सम्बद्ध निर्माण व्यवसायीले तदारुकता नदेखाएको भनी गुनासो व्यक्त गर्दै प्राथमिकताका साथ निर्माण कार्य पूरा गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गरेको स्पष्ट गरेको छ । यसै सन्दर्भमा नेपाल सरकारको तर्फबाट सो सडकखण्ड प्रयोग गर्ने हजारौँ जनताले व्यहोर्नुपरेको पीडा, दुःख, कष्टलाई आत्मसात् गरी स्तरोन्नतिको काम जतिसक्दो छिटो पूरा गर्न पटकपटक ताकेता गर्दै आएको छ तर अपेक्षा गरिएअनुसार काम नभएको अवस्था छ ।

उक्त सडकखण्ड स्तरोन्नतिका कारण घन्टौँसमय सडकमा लाइनमा बस्नुपर्ने भएपछि अधिकांश सवारीसाधन असजिलै भए पनि सिद्धार्थ राजमार्ग प्रयोग गरी पोखरा जानेक्रम बढेसँगै पछिल्ला दिनमा चितवनको होटल व्यवसायसहित समग्र आर्थिक गतिविधि प्रभावित भएको यथार्थलाई दृष्टिगत गरी बुटवल–नारायणघाट सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने सुझाव पर्यटनविज्ञ डा विश्व सुवेदीको छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका अनुसार निश्चित ‘प्याकेज’सहित सुनौली, रुपेडियालगायतका पश्चिम नाका हुँदै नेपाल भ्रमणमा आउने अधिकांश भारतीय पर्यटक सबैभन्दा पहिला भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्दछन् ।

भरतपुर महानगरपालिकाका सल्लाहाकारको भूमिकामा रहेका डा सुवेदी भ्रमणका क्रममा खर्च गर्नसक्ने आर्थिक हैसियत भएका भारतीय पर्यटकहरू यसरी बुटवल–पाल्पा–स्याङ्जा हुँदै पोखरा जानथालेपछि अप्ठ्यारोमा परेका चितवनसहित आसपासका होटल व्यवसायीको न्यायोचित गुनासोसहितको माग सम्बोधन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुहुन्छ ।

पोखराबाट पर्यटन व्यवसाय सुरु गरी हाल ‘हान’का अध्यक्ष रहनुभएका ओम पाण्डेले पर्यटकीय नगरी पोखराको घुमघाम पूरा गरी मुक्तिनाथको दर्शन गरेपछि पुनः पोखरा आई पृथ्वी राजमार्गहुँदै काठमाडौँ जान थालेपछि चितवनको पर्यटन व्यवसाय हाल सङ्कटमा परेको स्पष्ट गर्दै बुटवल–नारायणघाट सडकखण्ड स्तरोन्नतिलाई यथासक्य छिटो पूर्णता दिन अनुरोध गर्नुभयो । उहाँका अनुसार ‘टुर प्याकेज’अन्तर्गत काठमाडौँ आउनेक्रममा भारतीय पर्यटकहरू केवलकार चढी गोरखास्थित प्रसिद्ध मनकामना माईको पनि दर्शन गर्दछन् ।

काठमाडौँबाट भरतपुर आउने–जाने जहाज भाडा तुलनात्मक रुपमा महङ्गो भएको, गत साल आएको अत्यधिक वर्षका कारण पृथ्वी राजमार्गसहति चितवन जोड्ने अधिकांश सडकमार्ग बिग्रे–भत्केको, कर्जा भुक्तानी, नवीकरण तथा थप कर्जा लिनका लागि तोकिएबमोजिमको व्यावसायिक कारोबार गरेको हुनुपर्ने बैंकिङ नीतिका कारण अपेक्षा गरेभन्दा धेरै सस्तोमा केही होटलले पर्यटक राख्ने गरेको, बन्द–हड्ताल र आन्दोलनजस्ता व्यवसाय विरोधी गतिविधिका कारण निश्चित दिनको ‘प्याकेज’अन्तर्गत नेपाल भ्रमणमा आएका पर्यटकको रोजाइमा परेपनि अक्सर चितवनस्थित पर्यटकीय क्षेत्र घुम्नबाट उनीहरू वञ्चित हुनुपर्दाको असर सौराहाको व्यवसायमा परेको युवा होटल तथा पर्यटन व्यवसायी रमेश सिलवाल बताउनुहुन्छ ।

पर्यटन व्यवसायी सिलवालका अनुसार पश्चिम नेपालको विभिन्न सिमानाबाट नेपाल प्रवेश गर्ने अधिकांश भारतीय पर्यटक नेपालका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरूको घुमघाम र दर्शन गरी काठमाडौँको यात्रा तय गर्दछन् । काठमाडौँको पशुपतिनाथ, गुह्यश्वरी, बौद्ध, बूढानीलकण्ठ, साँगास्थित महादेवको मन्दिर दर्शन गरी ‘साइट सिन’मा रमाउँदै उनीहरू बसन्तपुर क्षेत्रसहित ‘चाइना टाउन’मा किनमेल गर्न रुचाउँछन् । यसरी काठमाडौँको घुमघामपछि अपवादबाहेक अधिकांश भारतीय पर्यटक स्तरोन्नतिका क्रममा रहेको नारायणघाट–बुटवल सडकखण्ड भएर फर्कनुको सट्टा यसअघि जस्तै पोखरा–बुटवलकै सडकबाटो प्रयोग गरी जान थालेपछि यस क्षेत्रमा ठूलो लगानी गरका विशेषगरी सौराहाका होटल व्यवसायी बैंकको ब्याज तिर्न नसकेर व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा पुगेको पर्यटन युवा व्यवसायी सिलवालको भनाइ छ ।

सौराहाको होटल व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका रेष्टुराँ एण्ड बार एसोसिएसन सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाले बुटवल–नारायणघाट सडकखण्डको बाटो स्तरोन्नतिले पूर्णता नपाउने, भारतीय पर्यटक बोक्ने सवारी साधनबाट अनधिकृत रुपमा रकम असुल्ने प्रवृत्ति न्यूनीकरण तथा नियन्त्रण नहुने, विभिन्न बहानामा गरिने विरोध, आन्दोलन, जुलुस, धर्नाजस्ता व्यवसाय विरोधी गतिविधिले प्रश्रय पाइराख्ने, होटलमा ‘एसी’ र पङ्खा चल्ने क्षमतासहितको विद्युत् आपूर्ति व्यवस्था सुनिश्चित नहुने तथा जङ्गल सफारीका क्रममा चितवनको पहिचानको रुपमा स्थापित हात्तीको पालनपोषण तथा व्यवस्थापनमा उचित ध्यान नदिने हो भने सौराहासहित चितवनको पर्यटन व्यवासय धरासायी हुने टिप्पणी गर्नुभयो ।

हाल बागमारा, चित्रसेन, कुचकुचे, जनकौली र कुमरोज सामुदायिक बनमा निजी क्षेत्रका ४४ वटा हात्तीसहित जीप सफारीको व्यवस्था रहेको जानकारी दिँदै युनाइटेड हात्ती सहकारी संस्था सौराहाका अध्यक्ष समेत रहुनभएका पर्यटन व्यवसायी खतिवडाले भन्नुभयो, “मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित सौराहा घुम्न आउने पर्यटकको रुचि हात्तीमा चढी जङ्गल सफारी गर्नु नै हो, यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान रहेको ‘हात्ती’को खरिद–बिक्री, पालनपोषण र व्यवस्थापनमा अझैसम्म स्पष्ट नीति नहुनु दुःखको विषय हो । एकातिर लगानी गरेअनुसार पछिल्ला दिनमा होटल व्यवसाय नचल्दा बैंकको ब्याजदर तिर्ने अवस्था छैन भने अर्कोतर्फ पर्यटन व्यवसाय विरोधी समूहको इसारामा ‘एनिमल राइट’ का नाममा अनेकथरी अफवाह फैलाइँदै छ । यस किसिमको असहज परिस्थिति र चुनौतीका बाबजुद हात्ती पालनपोषण गरी पर्यटन क्षेत्रलाई योगदान पु¥याइरहेका व्यवसायीको पक्षमा सरकारको ध्यान जान आवश्यक छ ।”

सौराहास्थित पर्यटन व्यवसायीका अनुसार सडकमा खटिएका प्रहरीले सवारीसाधन इजाजत पत्र, लाइट, वाइफर र ब्रेकको अवस्था तथा यात्रु सङ्ख्यालगायत अनेकौँ झिनामसिना विषय उठाइ पैसा असुल्ने र दुःख दिने प्रवृत्ति अन्त्यका लागि भारतीय चालकहरूले सरकारसँग याचना गर्नेगरेका छन् । पछिल्ला दिनमा भारतीय सवारी चालकसँग पैसा मागी दुःख दिनेक्रममा कम हुँदै गएको र पूर्ण रुपमा रोकिनुपर्ने माग उनीहरूको छ ।

युवा पर्यटन व्यवसायी सिलवालका अनुसार सौराहामा सबैभन्दा बढी पर्यटक दसैँ–तिहारको बीचमा आउने गरेको, विशेषगरी भारतमा अत्यधिक गर्मी हुने समय जेठदेखि असार महिनामा भारतीय पर्यटकको उल्लेख्य उपस्थिति हुनेगरेको, सामान्यतया चिनियाँ नयाँ वर्षको समयमा भरिभराउ हुने सौराहामा कोरोना सङ्क्रमणपछि नगन्य सङ्ख्यामा चिनियाँ पर्यटक देखिनेगरेको, खर्च गर्नसक्ने क्षमता भएका पश्चिमा देशका पर्यटक पनि फाट्टफुट्ट आउने गरेको, विभिन्न कार्यक्रमका नाममा सौराहा घुम्न आउने, एजजिओ÷आइएनजिओकर्मी देखिन छोडेको, बारम्बार भइरहने सरकारी कार्यक्रममा पनि कमी आएको विषम अवस्थामा राजधानी काठमाडौँसहित देशका विभिन्न सहरका निजी विद्यालयका कार्यतालिकाअनुसार शैक्षिक भ्रमणमा आउने विद्यार्थी, उपभोक्ता तथा सहकारीसम्बद्ध सङ्घसंस्थाका सदस्य र पारिवारिक भ्रमणका क्रममा आउने नेपालीका भरमा जेनतेन सौराहाको पर्यटन व्यवसाय चलेको छ ।

देशको करिबबीच भागमा अवस्थित पर्यटकीय केन्द्र सौराहामा यतिखेर साना ठूला गरी १४५ वटा होटलमा तीन हजार पाँच सय कोठा रहेको, पूर्वाधार र सुविधाका हिसाबले आकर्षक तथा स्थापित २० वटा होटलले रु ५० करोडका दरले लगानी गरेको, दुई हजारभन्दा बढी नेपालीले रोजगारी पाएको जानकारी दिँदै क्षेत्रीय होटल सङ्घ, सौराहाले विशेषगरी गर्मीको समयमा केही वर्षदेखि विद्युत् आपूर्तिका क्रममा ‘हाफ लाइन’ प्रवाह भइ होटलका ‘एसी’ र ‘पङ्खा’समेत नचल्दा पर्यटकबाट सुन्नै नसकिने किसिमको खप्की खानुपरेकाले निर्वाध रुपमा विद्युत सञ्चालन व्यवस्थाका लागि सरकारसँग अनुरोध गरेको छ ।

विशेष गरी मुम्बई, कोलकोतालगायत सहरी क्षेत्रका खर्च गर्ने हैसियत भएका भारतीय पर्यटक सौराहा आउनेगरेको जानकारी दिँदै पर्यटन व्यसायी सिलवालले भन्नुभयो, “अहिले पनि सौराहामा रहेको ८–१० वटा भारतीय पर्यटक लक्षित होटल भरिभराउ हुनेगरेका छन् तर त्यस्ता होटलले प्रति कोठाको शेवा शुल्क बढीमा दुई हजार ५०० सम्म लिई होटलले लिने दररेट बिगारेका छन् । यसरी सस्तोमा कोठा दिनुपर्ने उनीहरूको केही बाध्यता होला, यसले अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना गर्दछ । अन्ततः समग्र होटल व्यवसाय ‘कोल्याप्स’ होला भन्ने डर पैदा भएको छ ।”

पर्यटन व्यवसायीहरूले नारायणघाट–बुटवल सडकखण्डको स्तरोन्नतिको काम लम्बिदै जाने, पृथ्वी राजमार्गको यात्रा पनि भरपर्दो नहुने, भरतपुरसम्मको हवाइ भाडादर नघट्ने, ऋणमा डुबेका व्यवसायीलाई लक्षित गरी बैंकको व्याजदरमा सहुलियत नदिने, होटल–व्यवसायमैत्री ऐन, कानुन नआउने हो भने सौराहासहित चितवन आसपासका अधिकांश होटल बन्द हुने परिस्थिति सिर्जना भएकाले पर्यटन व्यवसायीको उल्लिखित गुनासोसहितको माग सम्बोधन गरिदिन सरकारको ध्यानाकर्षण गर्नुभएको छ । – रासस

Chitwan Aaja चितवन आज
बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.