Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, मंसिर २५, २०८२
☰
Logo बिहिबार, मंसिर २५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ७. बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • ९. विश्वराज अधिकारीको उपचारका लागि विद्यार्थी नेता विनय आचार्यद्वारा वीरेन्द्र क्याम्पसबाट सहयोग अभियान सुरु

  • १०. मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

भरतपुरको भानु माविमा हेडमास्टरले खुसुक्क कोचिङको पैसा कुम्ल्याएपछि…

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, जेठ ८ –
भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा कोचिङ् कक्षाका लागि उठाइएको रकममा आर्थिक अपचलन भएको भन्दै खैलाबैला मच्चिएको छ ।

कक्षा १० मा अध्ययनरत शैक्षिक सत्र २०८१ का विद्यार्थीहरुलाई रात्रिकालीन कोचिङ् कक्षा पढाउनका लागि उठाइएको रकममा आर्थिक अपचलन भएको कुरा शिक्षकहरुले बताएका छन् ।

विद्यालयका पूर्व प्रधानाध्यापक एवम् कोचिङ् कक्षा समेत पढाएका शिक्षक विष्णु प्रसाद सापकोटाका अनुसार कोचिङ् पढाउनका लागि विद्यार्थीबाट उठाएर शिक्षक कर्मचारीलाई तलब दिइसकेपछि बँचेको रकमका आर्थिक अपचलन भएको हो ।

पूर्व प्रधानाध्यापक सापकोटाले हामीलाई गराएको जानकारी अनुसार राती ६ः३० बजेबाट ९ बजेसम्म कोचिङ् सञ्चालन गर्ने भनि प्रति विद्यार्थी ९ हजारका दरले रकम उठाइन्छ । १२६ जना विद्यार्थीले कोचिङ् कक्षा लिएका हुन्छन् । ८० दिनको प्याकेज अर्थात ६४० पिरियडको प्याकेज पढाउने भनि विद्यार्थीबाट पैसा उठाइएको हुन्छ र पढाउने शिक्षकहरुलाई पनि पढाएको पिरियडका आधारमा पारिश्रमिक दिने भनिएको हुन्छ । तर भानु माविले पूरा पिरियड पढाउन सक्दैन । जम्मा ४६५ पिरियड मात्र विद्यार्थीहरुलाई पढाइन्छ । र शिक्षकहरुलाई पनि ४६५ पिरियडको पैसा पारिश्रमिकका भुक्तानि गरिन्छ । तर विद्यार्थीसँग भने ६४० पिरियडकै पैसा उठाइएको हुन्छ । जस अनुसार विद्यार्थीबाट कुल १० लाख १२ हजार रुपैयाँ उठाइन्छ । र शिक्षक कर्मचारीलाई गरेर कुल ६ लाख १७ हजार ९ सय रुपैयाँ पारिश्रमिकका रुपमा दिइन्छ । बाँकी रहन्छ ३ लाख ९४ हजार १ सय रुपैयाँ । उक्त बाँकी रहेको पैसामा आर्थिक अपचलन भएको हो ।

बाँकी रहेको ३ लाख ९४ हजारलाई विद्यालयका प्रधानाध्यापक रामजी अधिकारी, सहायक प्रधानाध्यापक डम्बर बहादुर शाही र कोचिङ् कक्षा संयोजक दिपेश रायले गोप्यरुपमा १ लाख ३१ हजारका दरले बाँडेर खान्छन् अर्थात कुम्ल्याउँछन् । उक्त कुरा स्टाफ मिटिङ् उठेपछि प्रधानाध्यापकले कुनै जवाफ नै नदिई उठेर जान्छन् । त्यसपछि स्टाफ मिटिङ् प्रधानाध्यापकले राख्ने आँट गर्न नसकेको पूर्व प्रधानाध्यापक सापकोटा बताउँछन् ।

यो कुरा थाहा पाइसकेपछि कोचिङ् कक्षा पढाउने ७ जना शिक्षकहरुले अझैसम्म पारिश्रमिक बुझ्न मानेका छैनन् । कोचिङ् कक्षा पढाउने सामाजिक शिक्षिका तिर्थादेवी पोख्रेलले प्रधानाध्यापकले आर्थिक पारदर्शिता देखाउन नसकेकाले अहिलेसम्म आफूले पारिश्रमिक नबुझेको बताइन् ।

भिडियोमा हेर्नुहोस्,

विद्यालयमा ४ देखि ९ सम्म पढाउने शिक्षिका एवम् १० कक्षामा आफ्नो छोरालाई सोही विद्यालयमा पढाएकी अभिभावक कृष्णकुमारी लम्सालले आफूले पनि आफ्नो छोरा पढाएबापत ९ हजार रुपैयाँ तिरेको बताइन् । र जति समय पढाउनुपर्ने हो त्यति पढाइ हुन नसकेको बताइन् । उनले विद्यालयमा ३ जना मिलेर रकम बाँडेर खाएको र अरु केही शिक्षक शिक्षिाकाले अहिलेसम्म पारिश्रमिक पनि बुझ्न नमानेको हल्ला विद्यालयभरि फैलिएको बताइन् ।

यस विषयमा हामीले विद्यालयका प्रधानाध्यापक रामजी अधिकारी, सहायक प्रधानाध्यापक डम्बर बहादुर शाही र कोचिङ् कक्षा संयोजक दिपेश रायसँग प्रतिक्रिया लिन खोज्दा कसैले पनि यस विषयमा बोल्न मानेन् । कोचिङ् संयोजक दिपेश रायले हिसाबको तथ्यांक माग्दा दिन मिल्दैन म दिँदिन तपाईं जे सुकै गर्नुस् भन्दै पन्छिए । प्रधानाध्यापक रामजी अधिकारीले आफूले यस कुरालाई केही दिनमा विद्यालयभित्रै मिलाउने प्रयास गरिरहेको बताउँदै यस कुरालाई बाहिर नल्याइदिन आग्रह गरे । तर उनले आर्थिक पारदर्शिता किन नदेखाएको भन्दा यी कुरामा मिडिया ल्याउन आवश्यक नरहेको भन्दै कुरै गर्न चाहेनन् ।

पूर्व प्रधानाध्यापक विष्णुप्रसाद सापकोटासहित ७ जनाले शिक्षक शिक्षिकाले आर्थिक पारदिर्शतामा माथि प्रश्न गर्ने, रकम बाँडेर खाएको आरोप लगाउने तर प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र कोचिङ् संयोजकले कुनै प्रतिक्रिया नै दिन नखोज्नुले हिन्दी शब्द ‘दालमे कुछ काला हे’ भनेजस्तै हुन्छ अर्थात आर्थिक अपचलन भएको कुरालाई पुष्टि गर्ने आधार सृजना गर्दछ ।

यस विषयमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले भानु माविको आर्थिक विवादका विषयमा आफूले जानकारी पाएको बताए । उनले यस विषयमा लिखित उजुरी आइनसकेको बताए । लिखित उजुरी आएमा तत्काल छानबिन गर्ने बताउँदै उनले लिखित उजुरी नै नआए पनि विद्यालयसँग आर्थिक हिसाबकिताबको तथ्यांक माग्ने उनले बताएका छन् ।

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘म नभागेको भए के गर्नुहुन्थ्यो’ ? प्रधानमन्त्रीलाई ओलीको प्रश्न
चितवन सहितका राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि बाघ गणना गरिँदै
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

ताजा समाचार

सबै

‘म नभागेको भए के गर्नुहुन्थ्यो’ ? प्रधानमन्त्रीलाई ओलीको प्रश्न

चितवन सहितका राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि बाघ गणना गरिँदै

नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

सुनको भाउ १ हजार बढ्यो, चाँदी हालसम्मकै उच्च

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा लागूऔषध खैरो हिरोइनसहित ८ जना पक्राउ

ग्रीनल्याण्ड पब्लिकमा विज्ञान प्रदर्शनी तथा आँखा परीक्षण

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै

जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६.
    आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech