चितवन, जेठ १ –
नारायणगढको लायन्स चोकमा स्कार्पियोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
चितवन प्रहरीका अनुसार चौबिसकोठीबाट लायन्स चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ प ११७३ नम्बरको स्कुटर र लायन्स चोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बा १५ च १७३७ नम्बरको स्कार्पियो ठक्कर खाएका हुन् ।
ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक भरतपुर–१५, मंगलपुर बस्ने ५३ वर्षीय दीपक ढुङ्गानाको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कार्पियो चालक बाराको कोल्बी–९ बस्ने २८ वर्षीय राधेश्याम खड्का र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।